थर्मल गन कालोबजारीमा मुछिएका सुलभ सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

स्वास्थ्यसमाचार/ शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले बयानका लागि नियन्त्रणमा लिएको बताउँदै उहाँमाथि हाल अनुसन्धान जारी रहेको जनाएको छ ।

सोही क्रममा उहाँलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि २०७६ सालमा पनि सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ पर्नुभएको थियो । पछि विभागले उहाँलाई तारेखमा रिहा गरेको थियो ।

यसैबीच, सोही दिन शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल समेत पक्राउ पर्नुभएको थियो । व्यापारी दीपक भट्ट पक्राउ परेपछि उहाँसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :