सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

स्वास्थ्यसमाचार सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३)देखि नै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :