धुम्रपान बिरुद्ध अभियानमा ओम फाउण्डेशन , देशब्यापी विद्यालय स्तरीय प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/धुम्रपान विरुद्धको अभियानमा सुरु देखि नै सक्रिय डा ओम फाउण्डेशनले प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर युवा लक्षित देशव्यापी कार्यक्रम चलाएको छ ।

डा. ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान चलाएको हो ।उनले पछिल्लो केही दिन देखि ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

विद्यालय स्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ ।

‘पछिल्ला दिनमा नेपालमा धुम्रपान र सुर्ती सेवन विद्यालय स्तरबाटै शुरू गर्ने घटना बढेको छ । अध्ययन अनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धुम्रपान शुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ ।

तसर्थ, विद्यार्थीलाई धुम्रपान र सुर्ती सेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य छ ’ डा. अनिलले भने, ‘विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन् । साथै घर परिवार, आफन्त र साथी भाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन् ।’

सोही उद्देश्यका साथ फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, सेवन कर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले जानकारी दिए । फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि अनलाइनखबरमार्फत सार्वजनिक आह्वानसमेत गरिसकेको छ ।

कविता प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्ने छ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनुपर्ने फाउण्डेशनले बताएको छ ।

१२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइ पुग्नुपर्ने छ ।

बाल चित्रकला प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्नेछ ।

चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा करियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तिमा एउटा छात्रा अनिवार्य गरिएको छ ।

सहभागी मध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत फाउण्डेशनले बताएको छ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबीच ‘भर्चुअल’ ९श्इइः एबितायचm० ¥यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेको ÷रोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।

छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगत का १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रति प्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूह मध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबुक लाइभ हुनेछ ।

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा. ओम फाउन्डेसनको फेसबुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ ।

सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बरसहित), इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ । प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक :