बेवारिसे शिशुको प्यूठान अस्पतालमा छैठी गरिदिए स्वास्थ्यकर्मीले

नगरपालिकाले निकाल्यो हकदावी गर्न आउने सुचना

स्वास्थ्यसमाचार/प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए ।

बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् ।

शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ ।

त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम सि फोकल प्रसन राधादेबी के सीले बताईन् । ‘भावीले उसको भाग्य लेख्नेबेला राम्रै लेखिदिउन भन्ने हाम्रो कामना छ,’ उनले भनिन, ‘दियो बालेर उनको उज्वल भविश्यको कामना ग¥यौ ।’

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बेवारिशे अवस्थामा फेला परेकी शिशुको छैठौ दिनमा हुने कर्मकाण्डको काम गरेका हुन् ।
‘स्वास्थ्यकर्मीले दियो बालेका थिए, भविश्यमा ठूलो मान्छे बनुन भनेर कापी कलम पनि राखिएको थियो, त्यो देखेर म त निकै भावुक भएँ ।’

प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले भने  मानवता भन्ने अझै मरेको छैन भन्ने भयो, त्यस्तो शुभ काममा म पनि सहभागी हुन पाएँ उनले भने । प्यूठान नगरपालिकाको जुम्रिमा बाख्रा बाध्ने खोरमा नवजात शिशु नालसहित फेला परेकी थिइन् । प्रहरी, जनप्रतिनिधि सहितको टोलीले उनलाई त्यहाँबाट उद्वार गरेर प्यूठान अस्पताल लगेका थिए ।

उनको अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार र रेखदेख भैरहेको छ । उनको अवस्था अहिले सामान्य छ । अस्पतालले रेखदेख गरिरहेकी शिशुको पालनपोषणका लागि प्यूठान अस्पतालले बाबुआमालाई दावी पेश गर्न आब्हान गरेको छ ।१५ दिनको सुचना जारी गर्दै बाबुआमालाई शिशुको दावी गर्न आग्रह गरिएको नभए आवश्यक कार्वाही अघि बढाईने नगरपालिकाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

उनको लालनपालन र स्यहारसुसारका लागी अभिभावकको खाचोपर्छ । सधैभरी अस्पतालमै राखेर सम्भव नहुने उपप्रमुख बर्माले बताए । नगरपालिका क्षेत्रभित्र फेलापरेकाले त्यसको हेरचाह र अभिभावकको भुमिका नगरपालिकाको दायित्वमा पर्छ । थप प्रकृयामा गएर शिशुको लालनपालनको जिम्मा लगाउछौ ।

अस्पतालमा रहेकी नवजात शिशुको छैठी गरिदिएको बिषय अहिले सामाजिक सञ्जालमा चर्चित छ । स्वास्थ्यकर्मिको स्वभाव कठोर हुन्छ भन्छन्, तर दुई चार दिन शिशुको स्यहार गरेको आफ्नो पनको आभाष हुने गरेको अस्पतालका स्वास्थ्यकर्मी बताउछन् । ‘दियो बालेर उनको छैठी गरिदियौ,’स्वास्थ्यकर्मिले भने,‘अभिभावक नभेटिए ११ आं दिनमा न्वरान पनि गर्ने तयारी भैरहेको छ ।’

छैठीको अवसरमा रातभर दियो बाल्नका लागी एकजनालाई खटाईएको समेत थियो । राती दियोमा तेल सकिएर दियो निभ्न नदिन रातीपनि तेल थपिदिन कर्मचारी खटाईएको थियो । प्यूठान नगरपालिका–४ जुम्रिमा माघ १७ गते बिहान ६ः४० मा टिनको छाप्रोमुनी बाख्राबाध्ने ठाउँमा नवजात शिशु फेला परेकी थिइन् ।

 

सम्बन्धित शिर्षक :