गर्मी बढेसंगै स्वास्थ्यमा असर पर्ने भन्दै बुटबलले दियो २ दिने सार्वजानिक बिदा

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगर भित्रका सबै बिद्यालयमा सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगर पालिकाले आज एक सार्वजनिक सुचना जारी गर्दै बैसाख २० र २१ गते बिद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सुचनामा केहिदिन यता तातो हावा चल्न थालेकोले बिद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले बैसाख २० गते बिहिवार र २१ गते सुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिईएको छ।

गर्मीले बिद्यार्थीहरुमा समस्या देखिएकोले बिद्यालय बिदा दिनुपर्यो भन्ने अभिभावकहरुको समेत गुनासो र सुझावका आधारमा नगरभित्रका बिद्यालय बिदा दिने निर्णय गर्यौं खनालले भने।

 

सम्बन्धित शिर्षक :