मेलानको स्थापना दिवसमा बृद्धाश्रममा खाद्यान्न तथा फलफूल बितरण

स्वास्थ्यसमाचार/ मेडिकल ल्याबोरेटरी एशोसियसन अफ नेपाल (मेलान) को स्थापना दिवसमा वृद्धाश्रममा खाद्यान्न तथा फलफूल प्रदान गरिएको छ ।

मेलानको १९ औं स्थापना दिवसको अवसरमा शनिबार मेलानका रुपन्देही मा रहेका केन्द्रिय समिति लुम्बिनी प्रदेश समिति तथा रुपन्देही जिल्लाको समुक्त आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको  सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रममा चामल, दाल, तेल लगायतका खाद्यान्न, साबुन, सरफ, हर्पिक लगातका सरसफाईका सामान तथा फलफूल वितरण गरिएको हो ।

त्यस अवसरमा बोल्दै आश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले बृद्धबृद्धा लाई सम्झेर आश्रमका गरेको सहयोग प्रति मेलानलाई आभार व्यक्त गर्नुभयो । उहाँले बृद्धबृद्धाले दुःख पाएको देखेर बुढेसकालमा कोही पनि घरबार बिहीन भएर एक्लो जीवन बाच्नु नपरोस भनेर वृद्धाश्रम स्थापना गरिएको जानकारी गराउनु भयो । उहाँले सबैको सहयोगबाट आश्रम सञ्चालन गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

मेलान केन्द्रिय सचिवालय सदस्य गुणनिधि खनालको प्रमुख आतिथ्यता , मेलानका प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठको अध्यक्षता र मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा शनिबार जिल्लाका सबै ल्यावमा निल्शुल्क सुगर परिक्षण गरिएको थियो ।

सम्बन्धित शिर्षक :