दलबल सहित हाजिर भए कपिलवस्तुका मेडिकल सुपरिटेण्डेन्ट डा. बन्जाडे

स्वास्थ्यसमाचार /गुल्मीबाट सरुवा भएका कपिलवस्तु अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बन्जाडे अस्पतालमा हाजिर भएका छन।

उनी सामान्य कर्मचारी सरुवा भएको जस्तो तरिकाले चुनाव जितेर बिजयी जुसमा आएसरी अस्पतालमा आएका छन। उनी आएको  खुसीयाली मा स्थानिय उनका समर्थकहरुले पटका समेत पटकाएको स्थानीयले बताएका छन।

डा.किशोर बन्जाडे ९ महिना अगाडी गुल्मी अस्पतालमा काजमा सरुवा भएका थिए । एमाले निकट मानिने बन्जाडेलाई सो क्षेत्रमा प्रदेश र संघमा काँग्रेसले चुनाव जितेपछि कांग्रेसको स्थानीय घोषण पत्रमा समेत बञ्जाडेले आपत्ती जनाएको कारण उनलाइ सरुवा गरिएको बताईएको छ।

प्रदेशमा माओवादी एमालेको गठबन्धन सरकार आएपछि डा बन्जाडेको कपिलवस्तुमा काज सरुवा भएको हो। उनी ११ तहका चिकित्सक हुन उनको दरबन्दी संघिय अस्पतालमा रहेको छ। उनको स्वागतमा आज १ दर्जन बढी पटका पटकाएको बताईएको छ।

बाहिरको मावल हेर्दा निर्वाचन जितेर पद वहाली भए जस्तो देखिन्थ्यो । पटक पड्कदा यताउता मानिसले के हो भनेर आश्चर्य मानेको स्थानीयहरुको भनाई छ। पटका पड्काएर अराजकताको पराकाष्टा गरेको स्थानीय युवा नेता गोपी कृष्ण शर्माले आपत्ती जनाए ।

बन्जाडे सरुवा हुने दिन विहान तौलिहवा अस्पताल अगाडी लड्डु वाडीएको थियो। पटका पटकाएको बारे डा. बञ्जाडे भन्दछन भित्र ठुलो भिडभाड थियो वाहिर के के भयो थाह नभएको बताए ।

उनले वाहिर फैलाएको जस्तो हल्ला नभएको र बिरोधका लागीमात्र भएको बताए । आफु बिरामीको सेबक भएको वताए ।

सम्बन्धित शिर्षक :