जनस्वास्थ्य संघ लुम्बिनीमा काग्रेस र एमालेको संयुक्त प्यानल अध्यक्षमा: रिमाल

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ लुम्बिनीको असार १ गते हुने निर्वाचनमा नेपाली काग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीको संयुक्त प्यानल भएको छ।

११ जनाको कार्यसमिति हुनेमा २ जना नेपाली काग्रेस निकट जन स्वास्थ्यकर्मी संघका उपाध्यक्ष र कोषाध्यक्ष निर्बिरोध भएका छन भने अन्य पदमा चुनाब हुने भएको अध्यक्षका उम्मेदवार सरोज रिमालले बताउनु भयो।

उहाँले भन्नु भयो हामी सबै मिलेर जाऔँ भनेको हो तर मिलेन हामी दुई संगठनका मिलेर चुनावमा आएका छौ । माओवादी निकट जनस्वास्थ्य संघ एक्लै चुनावमा उत्रेको उहाँले बताउनु भयो। अध्यक्षका उम्मेदवार भएका रिमालले भन्नुभयो हाम्रो समस्याहरु अब हामी समाधान गर्छौ।

स्थानिय तह, प्रदेश तथा गैरसरकारी संस्थाहरुको आवाज बोकेर हिड्ने अठोट गरि मैले उम्मेदबारी दिएको छु। अबको आवश्यकता स्थानिय तह र प्रदेश भित्रका मुद्दाहरु समाधान गरि जनस्वास्थ्यकर्मिहरुको हक अधिकार स्थापित गर्ने हो ।फेरि पनि आह्वान गर्दछु हामी मुद्दामा अरुको चासो हुदैन, हुँदै हुदैन त्यसैले हाम्रो प्यानललाई भोट दिन आवाहन गर्दछु ।

त्यस्तै सचिवका उम्मेदवार नरेश श्रेष्ठले भन्नु भयो हामी मिलेर जाऔँ भनेको हो एक पक्ष मिलेन हामी र एमाले मिलेका छौ सबैलाई हाम्रो पक्षमा मतदान गर्न आवाहन गर्दछु ।लुम्बिनीमा ३ सय बढी जनस्वास्थ्यकर्मी संघका सदस्य रहेको र बुटबल र भालुवाङमा निर्वाचन हुने अध्यक्षका उम्मेदवार सरोज रिमालले बताउनु भयो।

को छन त उम्मेदवार संयुक्त प्यानलमा

अध्यक्ष:  सरोज रिमाल
उपाध्यक्ष: निर्बिरोध निर्बाचित
सचिब :नरेश बाबु श्रेष्ठ
कोषाध्यक्ष :निर्बिरोध निर्वाचित
सदस्यहरुमा
आइृतबारी चौधरी
राजु केसी
मनोज नेपाली
माधब रावत

सम्बन्धित शिर्षक :