स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियनद्वारा नयाँ मेसु ढकाललाई स्वागत

स्वास्थ्यसमाचार/निजामती  कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा लुम्बिनी प्रादेशिक अस्पतालका नब नियुक्त मेसु डा ईन्द्र ढकाललाई स्वागत गरिएको छ।  नेपाल स्वास्थ्यकर्मी संघ अस्पताल ईकाई समितिका अध्यक्ष भिम ज्ञवालीको अध्यक्षता डा ईन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रम सम्पन्न भएको हो।

स्वागत कार्यक्रममा बोल्दै अतिथीहरुले अस्पतालमा आउनु भएको नयाँ मेसु डा ईन्द्र ढकाललाई काम गर्नको लाई आबश्यक साथ र सहयोग दिने वचनबद्धता ब्यक्त गर्नु भएको छ ।उहाले दुबै पक्षहरुको सहकार्य आबश्यक रहेको बताउनु भएको छ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलबासे,नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे, नेपाल  टेड्र   युनियन काग्रेसका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नबिन पन्थी, स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य हिमाल खनाल शिबिए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपाने लगायतले बोल्नु भएको थियो।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा ईन्द्र ढकालले आफुहरु सबै संघ संगठन र कर्मचारी संग सहकार्य गरेर अघि बढने बताउनु भयो।
नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालको स्वागत तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका सचिब बालकृष्ण कंडेलले सञ्चालन गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :