राष्ट्रिय स्वाथ्यकर्मी महासंघद्वारा रक्तदान, राष्ट्रिय चिकित्सक संघ नेपाल गठन

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला समिति रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।आफ्नो ७५ औ स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ४६ युनिट ब्लड संकलन भएको थियो ।

यस्तै डा. विनिता भट्टराईको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय चिकित्सक संघ नेपाल जिल्ला शाखा गठन गरिएको छ ।जसको उपाध्यक्षमा डा.सुरज अधिकारी, सचिव डा. आरिफ हुसेन, कोषाध्यक्ष डा. प्रसुमा मल्ल सदस्य डा. प्रकाश तिमिल्सेन, डा. सवाज खान डा.असिम रेग्मी चयन भएका हुन ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकाल, राष्ट्रिय स्वाथ्यकर्मी महासंघका केन्द्रीयता सदस्य तथा रुपन्देही ईन्चार्ज डा. डा. प्रशान्त आचार्य, स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष बसन्त जेष्ठ , जिल्ला कार्यसमिति सदस्य तथा केन्द्रीय केन्द्रीय स्वास्थ्य विभागका सदस्य सुनिल श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्य बाबुराम भट्टराई, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, महासंघका उपाध्यक्ष कुमारी हरी केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष लाई रामेश्वर ढकाल ले फुलमाला र अविर लगाई समान गरेका थिए । नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, सदस्य सुनिल श्रेष्ठ, मेघदेव पन्त लगायतलाई सम्मान गरिएको थियो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाललाई पनि सम्मान गरिएको थियो ।

सचिव गणेश भण्डारीका अनुसार रक्तदान कार्यक्रम जिल्ला रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो भने तिलोत्तमा रक्तदाता समाज र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल तिलोत्तमा नगर समिति सहआयोजक थिए ।

सम्बन्धित शिर्षक :