एचआईभी संक्रमित बालबालिकालाई मासिक सहायता भत्ता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको एक विद्यालयमा अध्यनरत छिन् १७ बर्षिय कल्पना (नाम परिर्वतन) । उनको पढाईको स्तर पनि राम्रै छ । आफ्नो पिडा भुलेर पढाईमा निरन्तरता दिदै आएकी उनले लामो समय देखि एचआईभी संक्रमित छिन् । उनी एचआईभी संक्रमित हुनुको उनको कुनै पनि दोष छैन । यो विषयमा कहाँबाट कसरी एचआईभी संक्रमित भयो भन्ने विषयमा उनि पनि अनविज्ञ छिन् ।

उनी जस्तै पालीकाकै एक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ७ बर्षका बालक किशोर(नामपरिर्वतन) पनि एचआईभी संक्रमित छिन् । उनी यो संक्रमणको कारण को हो, कसरी संक्रमित भए भन्ने विषयमा समेत अनविज्ञ छन् । सामान्य बालक जिवन यापन गर्दै आएका उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै आएका छन् । नियमित रुपमा एआरटी सेवन गर्ने उनीहरु जीवन लाई सकार बनाउनको लागि अगाडी बढिरहेका पात्र ।

आफ्नो सपना साकार बनाउनको लागि लागिरहेका उनि जस्तै कक्षा ५ मा अध्यनरत ९ बर्षिय बालिका (नाम परिर्वतन) पनि सोही योजना अगाडी बढेकी छिन् ।उनिहरुको एउटै लक्ष्य छ हामीहरु देशको लागि काम लाग्ने मान्छे बन्ने छौ । कुनै ले त आफ्नै चिकित्सक(डाक्टर) बनेर विरामीहरुको सेवा गर्ने समेत योजना बनाएका छन् ।

यसरी एचआईभी संक्रमित बालबालिकाहरुको आर्थिक अभावको कारण शिक्षाको न्यानो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले बुटवल उपमहानगरपालिकाले नियमित भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।
नगर प्रमुख खेलराज पाण्डेका अनुसार अहिले पालिका भित्र रहेका ३ जना एचआईभी संक्रमितबालवालि जो विद्यालय जादै आएका छन् , ।

उनीहरुको लागि पालिकाको बैठकबाट निर्णय गरेर नियमित ३ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । यसको लागि पालिकाले सबै विवरण भने गोप्य राखेको छ । पालिकाले १८ बर्ष मुनिका एचआईभी संक्रमित बालबालिकाहरुको लागि पोषण स्तर सुधार गर्न मासिक ३ हजार रुपैयाँ प्रदान गर्दैै आएको हो ।

यसरी नगरपालिको नियमित रुपमा ३ हजार रुपैयाँ रकम उपलब्ध गराएपछि उनीहरुले शैक्षिक क्षेत्रमा तथा आफ्नो पोषणको लागि उपयोग गर्दै आएका संक्रमित बालवालिका अभिभावकले बताउँछन् । विद्यालयमा स सानो भएपनि हौसला स्वरुपमा नगरपालिकाले यो कार्यक्रम ल्याएकोमा नगरपालिकालाई धन्यबाद दिएको एक अभिभावकले बताए । उनले आफ्नो परिवारिक अवस्था समेत नाजुक भएको कारण पालिकाबाट प्रदान गर्ने सानो रकमको भएपनि सहयोगले राहत प्रदान गरेको बताए ।

एचआईभी संक्रमित हुनु आफैमा दोष नभएको भन्दै उनले यसको लागि पालिकाबाट भएको पहलको उच्च सह्राना समेत गरे ।उनले भने –‘पालिकाले प्रदान गरेको यो कार्यक्रम राम्रो छ, आगामी दिनमा अझ बढि बढाउने छ भन्नेमा आशावादी छौं ।

’नगरपालिकाको जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा युवराज पाण्डेले यो विषयमा प्रचार प्रसार कमी भएको र संक्रमित बालवालिका विद्यालय उमेरका कम भएको कारण ३ जनाले मात्रै सेवा लिएको जनाकारी दिए । उनले आर्थिक बर्ष २०७९/८० बाट यो कार्यक्रम सुरुवात भएको जानकारी दिदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने जानकारी दिए । स्वाथ्य शाखा प्रमुख पाण्डेका अनुसार पालिकाले आगामी दिनमा अझ रकम बढाउन समेत सक्ने छन् ।

आगामी दिनमा यसलाई थप योजना बनाएर संक्रमित बालबालिकाहरुको स्वाथ्य उपचार लगायतको लाग पनि पालिकाले काम गर्न सक्ने गरी योजना बनिरहेको उनको भनाई रहेको छ । पहिलो चरणमा पालिकाले पोषण सुधार तथा शैक्षिक सहयोगको रुपमा प्रदान गर्दै आएको रकम आगामी दिनमा बृद्धि समेत गरिने योजना पालिकाले बनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआईभी/एड्स फोकल पर्सन भिम ज्ञवालीका अनुसार बुटवल उपमहानगरपालिकाले सुरुवात गरेको पोषण सुधार भत्ता आफैमा राम्रो भएको बताउँछन् ।बुटवल उपमहानगरपालिकाले यो अभियानको सुरुवात गरेको भन्दै उनले अन्य पालिकाले समेत यसको सिको गर्नुपर्ने बताउँछन् । उनले भने–‘बुटवलले ३ जना संक्रमित बालबालिकाबाट सुरुवात गरेको यो अभियान अन्य पालिकाले पनि व्यापक रुपमा सुरुवात गर्न जरुरी रहेको छ, जसको कारण अन्यले समेत सहयोग पाउने छन् । ’

उनले यस्तो पोषण तथा शैक्षिक प्रोत्साहन भत्ता प्रदान गर्नाले संक्रमित बालबालिकाहरुका थप प्रोत्साहन मिल्नेमा उनको भनाई रहेको छ ।उनले नगरपालिकाले सुरुवात गरेको यो कामलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने समेत बताएका छन् ।लुम्बिनी प्रदेशमा हाल ४ हजार बढि एचआईभी संक्रमितहरु रहेका छन् ।

नेपालमा हाल ३० हजार भन्दा बढि संक्रमितहरु रहेको भन्दै उनीहरुको उपचारको लागि एआरभी. सेवा लिनेहरुको संख्या पनि विस्तारै बढ्दै गएको उनको भनाई रहेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ संक्रमित आमाबाट समेत बच्चा जन्माउन सफल छ ।रुपन्देही जिल्लामा अहिले नियमित रुपमा एन्टीएक्टो भाइरल सेवा(एआरटी) लिनेहरुको संख्या १ हजार ८ सय ४५ जना रहेका छन् । उनीहरुले नेपाल सरकारले व्यवस्थापन गरेको जिल्लाका दुई वटा स्थानबाट निःशुल्क रुपमा सेवा लिइरहेका हुन ।

भैरहवामा रहेको भिम अस्पतालको एआरटी शाखाका अनुसार त्यहाँ नियमित रुपमा एआरटी सेवा लिने एचआईभी संक्रमित हरुको संख्या २ सय ६०जना रहेका छन् ।यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नियमित रुपमा एआरटी सेवा लिनेहरुको संख्या १ हजार ५ सय ८५ जना रहेका छन् ।

बुटवल उपमहानगरपालिका भित्र एचआईभी संक्रमित हरुको संख्या ३ सय १० जना रहेका छन् ।विश्वमा सन् २०२१ को अन्तसम्म संसारमा ३ करोड ८४ लाख व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ ।सन्२०२१ मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन्१९९६ को तुलनामा ५४ प्रतिशतले घटेको छ । सन्१९९६ मा ३२ लाख नयाँ संक्रमण थियो ।

सन २०२१ मा १ लाख ५० हजार बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुनसन्२०१० को तुलनामा ५२ प्रतिशतले घटेको छ । सन्२०१० मा ३ लाख २० हजार बच्चामा नयां संक्रमण भएको अनुमान थियो ।सन२०२१ मा मात्रै करीब ६ लाख ५० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ, जुन सा २०१० को तुलनामा ५२ प्रतिशतले कम हो । सन्२०१० मा १४ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।

सन२०२१ मा १४ हजार बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन्२०१० को तुलनामा ३३ प्रतिशतले घटेको छ । सन्२०२१ मा २ लाख ६० हजार नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन्२०१० को तुलनामा २१ प्रतिशतले घटेको छ । पछिल्लो समयमा दातृ निकायको सहयोग समेत घट्दै गएको कारण पनि एचआईभी संक्रमित हरुको उपचार सहित दैनिक जीवन यापनमा समेत समस्या आएको समेत गुनासो आउने गरेको छ ।

सम्बन्धित शिर्षक :