स्वास्थ्यसमाचार/आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालद्वारा स्तनपान सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन भएको छ । विश्व स्तनपान सप्ताह कार्यक्रम २०८१ को अवसरमास्तनपान समानता: सबैको सहयोग र सहभागिता भन्ने नारासँगै स्तनपान सप्ताह कार्यक्रम विश्वभर मनाइएको छ ।
उक्त नारालाई सार्थक बनाउन सोमबार आम्दा अस्पतालको आयोजनामा अस्पतालमा सेवालिइरहेका सुत्केरी आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्वबारे सचेतगराइएको हो ।कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद पराजुलीले विश्वस्तनपान सप्ताहबारे जानकारी गराउँदै यसको महत्व , आवश्यकता र उद्देश्यबारे प्रकाशपारेका थिए ।
कार्यक्रममा बोल्दै उनले आमा र बच्चाको स्तन पानमा परिवारका सदस्यकोसहयोग महत्वपूर्ण रहने भएकाले अस्पताल परिमाणमै स्तनपान सम्बन्धी सचेत कार्यक्रमआयोजना गरिएको बताए ।
यस्तै सचेतना कार्यक्रममा आम्दा अस्पतालका स्टाफ नर्स सोनी मास्के र दुर्गा पाण्डेलेबालबालिकाको लागि स्तन पानका फाइदाहरू,आमाको लागि स्तनपानको फाइदाहरू,स्तनपानगराउँदा सुत्केरी आमाले ध्यान दिनुपर्ने कुराहरु, स्तनपान गराउँदाका आसन लगायतकाविषयमा सहजीकरण गर्दै सहभागीलाई सचेत गराएका थिए ।
कार्यक्रममा आम्दा अस्पतालका डाक्टर अरुण पोख्रेल,डाक्टर सुन्दर न्यौपाने,मेट्रोन सुशीलाविश्वकर्मा लगायत अस्पताल का कर्मचारीहरुको सहभागीता रहेको थियो ।प्रत्येक वर्ष अंग्रेजी महिनाको अगष्ट १ देखि ७ तारिखसम्म नेपाल लगायत १७० वटा राष्ट्रहरुमा स्तनपान सप्ताह कार्यक्रम मनाइन्छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको अगुवाईमा नेपाल पोडियाट्रिक्स् सोसाइटीले पनि यस वर्ष २०८१ साउन १६गतेदेखि २२ गतेसम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरेर स्तनपानको महत्वबारेनागरिकलाई सचेत गराउँदै स्तनपान सप्ताह कार्यक्रम मनाइरहेको छ ।
प्रतिकया दिनुहोस्