रुपन्देहीमा डेंगु संक्रमण बढेपछि खोज र नष्ट गर अभियान सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा डेंगु संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिव्रता दिईएको छ ।रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले वताउनु भयो।

डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लवहरु, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरु खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
यही भदौ १५ र १६ गते १३ जनामा डेंगु संक्रमण भेटिएपछि सम्भावित ठाउंको पहिचान गरी सरसफाई गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउंहरुमा संक्रमण फैलिने गरेको छ ।

रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, भैरहवा, सैनामैना, लुम्बिनीलगायतका क्षेत्रमा अहिले संक्रमण पाइएको छ । समुदायमा संक्रमण फैलिएसंगैं अस्पतालमा बिरामीको चाप बढेको छ । अहिले डेंगु तराईमा मात्र नभएर पहाडी जिल्लामा समेत फैलिन थालेको छ । विभिन्न अस्पतालका अनुसार रुपन्देहीमा संक्रमण बढ्दो क्रममा छ ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगीको लार्भा हुर्किने र त्यसबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउंलाई बढी निगरानी गरिएको छ । संक्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयबाट निर्देशन भएको छ ।

अहिले बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । भैरहवास्थित भीम अस्पतालका सूचना अधिकारी तथा बाल रोग विशेषज्ञ डा. आरिफ हुसेनले अस्पतालमा भर्ना गर्नुपर्ने संक्रमितको संख्या कम छ । गम्भीर अवस्थाका नआए पनि २–३ दिनको अन्तरालमा संक्रमित आइरहेको हुसेनले जानकारी गराए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा सबै भन्दा बढी डेंगुको जोखिम बुटवलमा छ । गत साउनमा मात्रै बुटवलमा ९१ जनामा डेंगु संक्रमण भेटिएको थियो । त्यस्तै तिलोत्तमा र भैरहवामा डेंगुको जोखिम छ । डेंगु संक्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक :