निजामति कर्मचारी युनियनको स्थापना दिबशको पूर्वसन्ध्यामा रक्तदान

स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ।
नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल परिसमा रक्तदान गरेको हो।

संघका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेको अध्यक्षता बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता नेपाली काग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीको बिशिष्ठतामा रक्तदान भएको थियो ।
उक्त अबसरमा ७० युनिट रगत जम्मा भएको कार्यक्रमका संयोजक भिम ज्ञवालीले बताउनु भयो।

रक्तदान कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थी ,केन्द्रिय सदस्य हरि ज्ञवाली स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष नमनारायण बेलबासे नेपाल टेड युनियनका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाईटी लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद पंगेनी नेपाल रक्तदाता संघका जिल्ला अध्यक्ष कृष्ण चौहान,नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्याल लगायतको सहभागीतामा रक्तदान भएको थियो ।

कार्यक्रमको सञ्चालन सिबिय रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए। रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सम्बन्धित शिर्षक :