स्वास्थ्यतर्फ डा. रिजाल र सि.अ.न.मी गुरुङले पाए निजामती पुरस्कार

स्वास्थ्यसमाचार/उत्कृष्ट कर्मचारीतर्फ यसपटक स्वास्थ्य सेवातर्फ पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सिअहेव (छैटौँ) डा पुष्पराज रिजाल पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुईजना परेका छन् । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरू पुरस्कृत भएका हुन्।

शनिबार दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ। सर्वोत्कृष्ट निजामती पुरस्कार भने यसपटक पनि कसैले प्राप्त गर्न सकेन।

 

सम्बन्धित शिर्षक :