बर्सेनि ७ हजार बढीले गर्छन् नेपालमा आत्महत्या, सबभन्दा बढी बागमती प्रदेशमा

स्वास्थ्यसमाचार/गत वर्ष नेपालमा ७ हजार बढीले आत्महत्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ‘विश्व आत्महत्या रोकथाम दिवस’को अवसरमा जारी भिडियो सन्देश मार्फत् यस्तो तथ्याङ्क बताउनुभएको हो ।

उहाँका अनुसार बागमती प्रदेशमा सबभन्दा धेरैले आत्महत्या गरेका छन् । ‘नेपालमा करिब सात हजार भन्दा बढीले आत्महत्याको कारणले ज्यान गुमाएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘बागमती प्रदेशमा सबभन्दा बढीले आत्महत्या गरेका छन्, त्यसमा पनि काठमाडौं जिल्लामा सबभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।’

पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । ३ वर्षको तथ्याङ्क हेर्दा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको हो ।

मन्त्री पौडेलले यस्तो अवस्थाका कारण दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौति रहेको बताउनुभयो ।

निरन्तरको प्रयासबाट आत्महत्याको सङ्ख्या न्यूनिकरण गर्न सकिने उहाँको भनाइ छ । यसका लागि स्वास्थ्य क्षेत्रका मात्र नभई स्वास्थ्य भन्दा बाहिरका कार्यहरू पनि सँगै जोडिनुपर्ने बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :