लुम्बिनी प्रदेशमा भाद्र २१ गते शुक्रबार सार्वजनिक बिदा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिईएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले एक विज्ञप्ती सार्वजनिक गर्दै बिदा दिईएको जानकारी गराउनु भयो ।

लुम्बिनी प्रदेश सरकारको २०८० चैत २० गतेको बैठकको निणर्य बमोजिम यहि भदौ २१ गते सार्वजनिक बिदा दिईएको जानकारी गराउनु भयो । बिज्ञप्तीमा लेखिएको छ – लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सम्बन्धित शिर्षक :