स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकार सहकार्य र सहयोगकामा सधै तयार रहेको बताए । मन्त्री सारूले अस्पतालमा सेवालाई थप गुणस्तर गराउन समेत आग्रह गरे । स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको उल्लेख गर्दै उनले सेवाग्राही धेरै सचेत भैसकेको र कुनै पनि कमजोरीहरु भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले…

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवस: बन्दैछ विपन्न देखि सम्भ्रान्तसम्मको रोजाई

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको आज (विहिबार) देखि ११५ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लाका केही भागका जनतालाई सेवा प्रदान गरेको छ । करिब ४० लाख जनसंख्यालाई अस्पतालबाट सेवा दिँदै आएको तथ्याकमा उल्लेख छ । लुम्बिनी प्रादेशिक अस्पताल बिसं १९६७ सालमा २ जना बंगाली चिकित्सकहरुबाट आधुनिक उपचार शुरु…

लुम्बिनी प्रादेशिक अस्पताल: ११५ वर्षको यात्रा, १२०० शैय्यामा विस्तार

स्वास्थ्यमाचार /बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न थप सेवा प्रदान गर्ने भएको छ । अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा बिहीबार विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । विसं १९ सय ६७ सालमा ६ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय शैय्या पु¥याइएको छ । जुन निमार्ण हुदै छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आईसीयूको संख्या बढाएर ४० पु¥याइएको छ । ४९ शैय्याको सुविधा सम्पन्न क्याबिन र…

स्वास्थ्य सचिवको लागि तीन जना डाक्टरको नाम सिफारिस

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस गरिएको हो । स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य…

राजकुमार र ममताले जिते लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विगागमा कार्यरत बुढा मगर र महिलातर्फ स्ताफनर्स थापाले जित दर्ता गरेकी हुन् । यसैगरी पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबादुर बस्नेत तृतीय तथा दुर्गा सार्की चौथो बन्न सफल भए । महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो तथा लक्ष्मी तामाङ चौथो हुन सफल भइन् । दौड प्रतियोगिताको अस्पताल बिकास समितिका अध्यक्ष…

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य परीक्षण सेवा विस्तार

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश जनस्वास्थ्य Basic Health Screening Package परीक्षण सेवा सुरु गरेको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाल अब नागरिकहरूलाई १६सय मा आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। बिरामीहरूले चिकित्सकको सल्लाह अनुसार वा आफैंले पनि परीक्षण गराउन सक्ने  छन । प्रदेश जनस्वास्थ्य प्रयोगशालालका निमित्त निर्देशक राजेश गुप्ताले  नागरिकको सहजताको लागी  बिस्तारीत सेवा सुरु गरेको बताउनु भयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय, तामनगर, बुटवल बिस्तारित सेवा केन्द्रहरु  बुटवल र सडक डिभिजन बुटवलको भवन(बुटवल बसपार्क र लुम्बिनि प्रादेशिक अस्पतालको अगाडी पट्टी) बाट सञ्चालन हुने कुरा उहाले बताउनु भयो ।

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुई चरणमा काम भइसकेको बताएका छन्। स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए। केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये ‘यसरी सकिँदैन भन्ने क्लिप भाइरल बनेकाप्रति…

सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलमा एचडियु सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ सिद्धार्थ वाल तथा महिला अस्पताल –आम्दा, बुटवलमा ९ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। उक्त सेवा अस्पतालका मेसु डा. बिनोद पराजुलीले उद्घाटन गर्नुभएको हो। डा.  पराजुलीले अस्पतालमा पिआईसियु र एनआईसियु संचालनमा रहेको भए पनि अस्पतालमा बाल बिरामीहरूको अधिक चापका कारण बेड अभावले गर्दा अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्दा अभिभावकले सकभर यसै अस्पतालमा उपचार गराउन जोड गरेका कारण बिरामीको अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु संचालनमा ल्याएको बताउंदै अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनुभयो । विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र…

स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारे :डा तोषिमा कार्की

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु(याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खोजेको आरोप लगाउनु भयो । उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पु(याएँछु भन्ने महत्वकांक्षी सपना बाँढ्नु हुने स्वास्थ्यमन्त्रीबाट नै…

निमोनियाले गल्दै आठमहिने बालक, आर्थिक अभावले छोराको रेफर लिन मुस्किल

स्वास्थ्यसमाचार/गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाका छोरालाई निमोनिया भएको छ । बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन् । सुमित्रा बेडमा छोरा तड्पिएको देखेर रुन्छिन् । तर, पीडा अभिव्यक्त गर्न सक्दिनन् । किनकि उनी बोल्दिनन्, सुन्दिनन् छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन् । छोरा साहरा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर विद्या पन्थीले जानकारी दिइन् । बच्चाको अवस्था सुधार नभएकाले आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन् । थप उपचार…