स्वास्थ्यसमाचार /प्युठानको गौमुखी गाउँपालिकाको आयोजना प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने भएको छ।
यहि फागुन ११ गते गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो ।
शिविरमा निन्दा नलाग्ने एकोहोरो हुने आत्महत्याको प्रायाश गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सेवा लिन आग्रह गरिएको छ।
आज पालिकाले एक बिज्ञप्तीमा जारी गरि यहि फागुन ११ गते बिहान ९ बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने ब्यबस्था मिलाउन सबै जनप्रतिनिधि स्वयम सेवीका राजनितिक दलहरुका प्रतिनिधि सबैलाई पालिकाले आग्रह गरेको छ।
गत मंसिर १९ गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिकया दिनुहोस्