न्यूनतम सेवा मापदण्डको रिजल्ट सन्तोष जनक भएन : स्वास्थ्य सचिव उपाध्याय

स्वास्थ्यसमाचार/आयुर्वेद स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूमा न्युनतम सेवा मापदण्ड (अभिमुखीकरण र कार्यन्वयन ) कार्यक्रम बुटबलमा सुरु भएको छ ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएको कार्यक्रममा प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख लाई तिन दिनसम्म न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले उदघाटन गर्नु भयो। उदघाटनमा बोल्दै स्वास्थ्य सचिब डा उपाध्यायले पुर्व जानकारी गराएर न्युनतम सेवा मापदण्ड (MSS) को रिजल्ट सन्तोष जनक नआएको बताउनुभयो ।

अर्काै बर्षदेखी यस्तो नभई अनुसन्धानात्मक तरिकाले जाने र मुल्याकंन गरेर रिजल्ट दिने ब्यबस्था गर्ने बताउनु भयो पुर्व जानकारी गराउँदा नभएको सेवा उपकरण ब्यबस्था मिलाएको पाईएको ले सहि मुल्याकंन नभएको डा उपाध्यायको भनाई थियो ।

उहाले अर्काैबर्षबाट आयुर्वेद र एलोप्याथीक अस्पतालको एकै पटक (MSS) गर्ने गरि ब्यबस्था मिलाइने बताउनु भयो ।सचिब डा उपाध्यायले आयुर्वेद स्वास्थ्यकेन्द्र र चिकित्सालवाट पनि जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिनु भयो ।

 

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा बिनोद गिरीले स्वास्थ्यकर्मीहरुले बिरामी खोज्नु पर्दैन बिरामीले आयुर्वेद अस्पताल खोज्दै आउने अबस्था श्रृजना गर्नु पर्ने बताउनु भयो । डा गिरीले स्वास्थ्यमा आयुर्वेदको चिकित्सक नहुदा भनेजस्तो बजेट तथा कार्यक्रम सम्बोधन गर्न नसकिएको वताउनु भयो।

न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि स्रोतव्यक्ति राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा अर्जुन राज शर्माले न्युनतम सेवा मापदण्डले आयुर्वेद स्वास्थ्य केन्द्र तथा चिकित्सालय सुधारको लागी आबश्यक रहेको बताउनु भयो ।

अहिले अबस्था कस्तो छ र सुधारको लागी के गर्नु पर्ने भन्नेबारे यसले मार्ग दर्शन गर्ने भएकोले सुधारको लागी यो राम्रो कार्यरहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि स्रोतव्यक्ति तथा लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्सालय तथा आयुर्वेद स्वास्थ्यकेन्द्रको अबस्था दरबन्दी समस्या र थप गर्नु पर्ने कार्यको बारे जानकारी गराउनु भएको थियो ।

डा श्रीवास्तवले यो एमएसएस वाट न्युनतम सेवा प्रवाहमा सहजता छ कि छैन भनेर गर्ने गरेको बताउनु भयो । आयुर्वेदमा संघियता पछि गत वर्षबाट यो सेवा सुरु गरिएको बताउनु भयो । लुम्बिनी प्रदेशमा आयुर्वेद क्षेत्रमा दुई वटा अस्पताल रहेका छन् । दाडमा आयुर्वेदिक प्रादेशिक अस्पताल छ भने बुटबलमा लुम्बिनी आयुर्वेद चिकित्सालय रहेको छ ।

दाडको ३० बेड सञ्चालमा रहेको छ । त्यहाँ अप्रेशन, पंञ्चकर्म सेवा बालरोग सेवा, नाक, घाँटी, आँखा, फिजियोथेरापी लगायतका सेवा सञ्चालनमा रहेका छन् भने न्युनतम शुल्कमा अप्रेशन हुने गरेको अस्पतालले जनाएको छ ।

त्यस्तै बुटबलको आयुर्वेदिक चिकित्सालयमा पनि हाल ओपीडी र पञ्च कर्म सेवा विस्तार गरिएको छ । नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको छ । भने १५ बेडको अस्पताल सञ्चालन भएको छ ।

अस्पतालमा अन्तरंग सेवा सुरु भएको छ अस्पतालको प्रयोगशालामा सरकारी नियम अनुसारको न्यून शुल्क रहेको छ । पञ्च कर्ममा सामान्य शुल्क रहेको छ । अरु १२ मा आयुर्वेद स्वास्थ्य संस्था रहेका छन् । लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको अस्पतालको तथ्यांकले पनि देखाउँछ ।

पछिल्लो समय आयुर्वेदिक उपचारमा सर्वसाधारणलाई विश्वास बढ्दै गएको लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले बताउनु भयो । पछिल्लो समय यहाँको आयुर्वेद औषधालयमा भारतीय बिरामीको समेत चाप बढ्न थालेपछि र सरकारको पनि विशेष चासोमा पर्न थालेपछि स्वास्थ्यकर्मी हौसिएका छन् ।

स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर कुमार थापाको स्वागत तथा लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज गणेश सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिन दिनसम्म चल्ने न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अनु शिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका आयुर्वेद प्रमुखहरुको सहभागीता रहेको सापकोटाले बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :