स्वास्थ्यसमाचार/राममणि बहुमुखी क्याम्पस, मणिग्राममा स्वास्थ्य तथा सरसफाई एकाइको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्, र कुल ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभएको छ।
कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरेर गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैह्रेको नेतृत्वमा भएको थियो।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतका व्यक्तिहरूले रक्तदानको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो।
प्रतिकया दिनुहोस्