लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्वारा न्युरो साइन्स सम्मेलन सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) ले अन्तर्राष्ट्रिय स्तरको न्युरो साइन्स कन्फ्रेन्स आयोजना सम्पन्न गरेको छ।

कार्यक्रममा थाइल्यान्डका मस्तिष्क घात विशेषज्ञ डा. सुराकस कमाङयाङ, भारतका पार्किन्सन रोग विशेषज्ञ डा. रोहित बन्जिल तथा नेपालका न्युरोलोजिस्ट डा. राजु पौडेलले मस्तिष्क घात, पक्षघात, पार्किन्सन रोग र अन्य स्नायु रोगका उपचार विधि तथा औषधि प्रयोगबारे विस्तृत जानकारी गराउनु भयो।

उहाहरुले पक्षघात रोग लाइ उपचार र औषधि प्रयोग सम्बन्धी विषयमा समेत  जानकारी  गराउनुभयो थियो ।कार्यक्रममा सिजर टाउको दुखाइ  , रिंगटा लाग्ने तथा नशाका विभिन्न समस्या को बारेमा देशका विभिन्न ठाउँका बिशेषज्ञ डाक्टर हरुले न्युरो सम्बन्धि रोग र यसको उपचार औषधिको प्रयोग सम्बन्धी १८ विषयमा कार्यक्रम  प्रस्तुत गरियो थियो ।

कार्यक्रममा  देशका विभिन्न ठाउँका न्युरोलोजिस्ट , फिजिसियन ,नाक कान घाटी रोग , एनेस्थेटिस्ट मेडिकल अधिकृत , नर्स लगायत अन्य स्वस्थ्य कर्मिहरु करिब २५० जनाको सहभागिता रहेको थियो ।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष  डा. बिष्णु पौडेलको अध्यक्षता कार्यक्रम संयोजक डा नन्दु प्रसाद पाठकले स्वागत गरि सम्पन्न भयको कार्यक्रमको सन्चालन डा सुमन आचार्य  ले गर्नुभएको थियो।

यस बर्सको नारा expanding acute ischemic stroke “-A plea to pride ” घोषणा गरेको छ|  कन्फ्रेन्स कार्यक्रमको संयोजक डा नन्दु प्रसाद पाठक  सदस्य हरु डा सुवास ज्ञवाली र डा प्रकाश भट्टराई रहनुभयो थियो ।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स ) को दर्ता देखि यहाँसम्म ल्याउन डा. सुभाष ज्ञवाली र डा. प्रकाश भट्टराईले महत्त्वपूर्ण रहेको थियो। बिगत दुइ बर्ष पहिला सञ्चालनमा आएको यो लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले बिभिन्न कार्यक्रम गर्दे आएको छ ।

संस्थाले विगत दुई वर्षमा चारवटा CME कार्यक्रम, वार्षिक बुलेटिन प्रकाशन तथा इन्टरनल मेडिसिन सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको  डा. प्रकाश भट्टराईले वताउनु भयो ।लुम्बिनी प्रदेश भरिका १०० भन्दा बढी फिजिसियन  डाक्टर यो संस्थामा आबद्ध रहेका छन ।

सम्बन्धित शिर्षक :