स्वास्थ्यसमाचार /राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले बिष्णु प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा गणेश भण्डारी र भगवती राना, सचिवमा युवराज दिशा मगर, उप सचिव सिद्धार्थ आर्चायले, र कोषाध्यक्षमा भोजराज पोखरेल चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा गिताराम रिजाल, मेघनाथ न्यौपाने, केशव पराजुली, नारायण पौडेल, रिम बहादुर पाटा, पुजन ज्ञावाली, बिजय नाथ चौधरी, लेखनाथ पाण्डेय, वालकृष्ण पौडेल, र मुना अर्याल रहेका छन्।
अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा बिकास मन्त्री माननीय भूमिश्वर ढकाल, विशिष्ट अतिथि केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज खगराज पोखरेल, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे महासंघ प्रदेश अध्यक्ष चिन्तामणि ज्ञवाली, भास्कर आत्रेय मेघदेब पन्त रिता शाही लगायतको सहभागीतामा अधिबेशन सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्