शुद्ध पानीबारे भ्रम नफैलाउन शंकरनगर खानेपानी संस्थाको चेतावनी

स्वास्थ्यसमाचार/ शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्ना उपभोक्ताको हितका लागि भन्दै आज एक सूचना जारी गरेको छ ।

बजारमा संस्थाको शुद्ध पिउने पानीलाई बिबिध ब्यापारिक केन्द्रका ब्यक्तिले यो पानी शुद्धीकरण गरेर मात्र पिउनु पर्छ भन्ने जस्ता भ्रम फैलाएको भेटिएको र त्यस्ता भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न पनि सूचनामा भनिएको छ ।

संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी र संस्थाका खानेपानी सुरक्षा योजना प्रमुख चन्द्रकान्त खनाल द्वारा हस्ताक्षरित सूचनामा ढुक्क भएर पानी पिउन तथा त्यस्ता गलत भ्रम फैलाएको पाएमा खबर गर्न भनिएको छ ।

नेपालकै उत्कृष्ट पानी भनेर नेपाल सरकारले सम्मान गरेको यस सस्था द्वारा बिपरित पानीमा नीजि ब्यापारिक स्वार्थमा अनधिकृत डिभाइस प्रयोग गरि भ्रमात्मक कार्यप्रति उपभोक्तालाई सचेत गराइएको र अन्य खानेपानी संस्थाहरु पनी सचेत हुन जरुरी छ खनालले भन्नुभयो ।

सम्बन्धित शिर्षक :