लुम्बिनी प्रदेशमा क्षयरोग, एचआईभी र मलेरिया कार्यक्रमलाई राष्ट्रिय रणनीतिक योजनाअनुसार समर्पित भई संघीयता कार्यान्वयनसँगै प्रदेश तथा स्थानीय सरकारसँग निकै समाहित भएर काम गरेका मिम बहादुर सिंह स्वास्थ्य क्षेत्रमा एक अब्बल व्यक्तित्वका रूपमा चिनिन्छन्।
“एउटा एक–एक सवालको समाधान नै हाम्रो प्रगति हो“ भन्ने मूलमन्त्र राख्ने सिंह आफ्नो टिमलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव उत्प्रेरित गर्दै आएका छन्। स्वास्थ्य सुधारका लागि उनले देखाएको समर्पण र प्रतिबद्धता लुम्बिनी प्रदेशका जनताले बिर्सिन सक्दैनन्।
स्वास्थ्य क्षेत्रमा सिंहको योगदान
निज सिंहले क्षयरोग कार्यक्रम सुधारका लागि स्वास्थ्य संरचनालाई आत्मसात् गरी कटिबद्ध भएर काम गरे। त्यसकै परिणामस्वरुप, उनले प्रदेशमा एचआईभी तथा मलेरिया कार्यक्रमलाई राष्ट्रिय रणनीतिक लक्ष्य अनुरूप अघि बढाएका छन्। उनले “हामी कहिल्यै पछि पर्न हुँदैन“ भन्ने मान्यताका साथ कार्य गरे र सोही अनुसार स्वास्थ्य कार्यक्रमहरूलाई सुदृढीकरण गरे।
तथ्याङ्क व्यवस्थापनमा प्रभावकारी भूमिका
स्वास्थ्य निर्देशनालयसँग समन्वय गर्दै उनले स्थानीय तहसम्म मासिक रूपमा तथ्याङ्क संकलन, विश्लेषण र गुणस्तर कायम गर्न तथ्याङ्क व्यवस्थापन समितिलाई प्राथमिकता दिए। यसैगरी, स्वास्थ्य सेवा आपूर्ति सहज बनाउन उनले ,Demand, Delivery, Distribution, / Deviation जस्ता प्रणालीलाई आत्मसात् गरी आपूर्ति प्रणालीलाई सुदृढ पारे।
सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि
सिंहको मान्यता थियो कि “सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि नै सेवाको गुणस्तर वृद्धिको प्रमुख आधार हो।“ यही सोचका साथ उनले प्र देशभरका निजी तथा सरकारी अस्पतालहरू बीच प्राविधिक सञ्जाल स्थापना गरे। साथै, उनले नियमित छलफल, अनुभव आदानप्रदान तथा सिकाइ प्रक्रियालाई संस्थागत बनाउन प्रदेशस्तरीय प्राविधिक कार्य समूह समेत गठन गर्न सहजीकरण गरे।
समिक्षा, अभिमुखीकरण, र दिगो सिकाइ
स्वास्थ्य संस्थाहरूमा स्थलगत सामूहिक समीक्षाका साथै अभिमुखी करणलाई दिगो सिकाइको रूपमा लिई सिंहले आफ्ना कर्मचारीहरूलाई सोहीअनुरुप परिचालन र उत्प्रेरित गरे। सरकारी तथा गैर–सरकारी क्षेत्रका कर्मचारीहरूले उनलाई अनुशासन, प्रतिबद्धता, र परिणाममुखी कार्यशैलीका लागि सम्झिन्छन्।
कार्यक्रम कार्यान्वयन र गुणस्तर सुधार
हक्की र प्रस्ट स्वभावका मिम बहादुर सिंह जुनसुकै परिस्थितिलाई सही तरिकाले आँकलन गरी अनुशासित जोखिम लिएर पनि उपलब्धि हासिल गर्न कटिबद्ध रहन्थे। उनले क्षयरोग, मलेरिया, र एचआईभीबाट प्रभावित सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेर कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरे। उनले समय व्यवस्थापन र गुणस्तर सुधारलाई सधैं प्राथमिकता दिए।
सिंहको निरन्तर उपस्थितिको अपेक्षा
सरकारी तथा गैर–सरकारी क्षेत्रका विभिन्न तहमा परिणाममुखी समन्वय र सम्बन्ध स्थापना गरेर काम गर्न रुचाउने सिंह लुम्बिनी प्रदेशमा स्वास्थ्य सुधारका लागि अतुलनीय योगदान दिएका छन्। आशा गरिन्छ कि भविष्यमा पनि उनको साथ र सहयोग यस प्रदेशका जनताका लागि रहनेछ।
प्रतिकया दिनुहोस्