स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको उपचार, रोकथाम र हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिमा समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । मन्त्री पौडेलले अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य…
समाचार
लुम्बिनी प्रदेशमा २६ जना अनमीको लागी करारमा जागीर खुल्यो
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका बिभिन्न स्थानिय तहको लागी जनशक्ति माग गरेको छ । निर्देशनालयले एक सुचना जारी गरी ईच्छुक लाई आवेदन दिन भनेको छ। निर्देशनालयले २६ जना अनमीको लागी जनशक्ति माग गरेको छ। अनमी कोर्ष गरि १८ बर्ष देखी ४५ बर्ष सम्मको लागी दरखास्त दिन सुचना जारी गरेको छ। हेरौं सूचना
१०जना रेडियोलोजिष्टले ३ करोडको लगानीमा कपिलवस्तुमा सुरु गरे सिटिस्क्यान
स्वास्थ्यसमाचार/ कपिलवस्तुमा पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा कपिलवस्तु सिटि एण्ड डाइनोस्टिक सेन्टर प्रा.लि. औपचारिक रुपमा संचालनमा आएसँगै सिटिस्क्यान सेवा सुरु भएको हो । उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको डा.प्रशान्त आचार्यले वताउनु भयो ।५ बर्षदेखि २७ बर्षसम्म कार्य अनुभव भएका रेडियोलोजिष्टद्धारा सेवा प्रदान गरिने उहाले बताउनु भयो । उहाले १० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरिने वताउनु भयो।२४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरिएको डा आर्चायको…
घोराही उपमहानगरले डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत पाँच लाख दिने
स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। डाक्टर पढ्नेलाई छात्रवृत्ति बापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका…
नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा खनाल
स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ समिति चयन भएको छ ।समितिको अध्यक्षमा बिष्णु खनाल पन्थी, उपाध्यक्षमा पुतला खनाल सचिवमा सिता खनाल सह-सचिवमा लता श्रेष्ठ कोषाध्यक्षमा लक्ष्मी गैरे रहनु भएको छ। भने सदस्यहरुमा गोमा सुबेदी चम्पा पालुङ्गे, रचना कार्की यशोदा पोखरेल पवित्रा ज्ञावाली बसन्ती पाठक गीता पन्थ सरस्वती बराल विन्दु भट्टराई, टिका भट्टराई रहेको संघका सचिब खनालले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ ईञ्चार्ज नेहा थापा ,नर्सिड अधिकृत ज्योति पौडेल,नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष हरि कुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो। …
सिद्धार्थनगरमा लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभिमुखीकरण
स्वास्थ्यसमाचार/सिद्धार्थनगरले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण बिहीबारदेखि सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माविबाट सुरु गरीएको अभिमुखीकरण उद्घाटन गर्दै नगर प्रमुख इस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउ परेर लागुऔषध दुर्व्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरीएको बताए । उनले विद्यार्थीहरुको अनुसार महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ति बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताए ।नगर उप प्रमुख एवं…
नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० जना सदस्य मनोनित
स्वास्थ्यसमाचार/कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा लक्ष्मीराज पाठक–कैलाली, डा मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा अनिलकुमार झा–सप्तरी, डा सुमन कर्माचार्य–रामेछाप, डा सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पूजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम
स्वास्थ्यसमाचार/बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट सर्वसम्मत नया नेतृत्व चयन भएको छ। अधिवेशनबाट एजाज आलमको नेतृत्वमा १४ सदस्यीय सञ्चालक समिती र ३ सदस्यीय लेखा समिती निर्विरोध चयन भएको हो। संस्थाको निर्वाचन तालिका अनुसार सोमवार गरिएको उम्मेदवारहरुको मनोनयनमा अध्यक्ष पदमा एजाज आलमको एकल उम्मेदवारी परेको थियो भने सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएर निर्विरोध चयन गराएका थिए। संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह…
स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको आवश्यकता छ :स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुलेस्वास्थय क्षेत्रमा रहेका विकृतिहरूलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता वताएका छन। बुटवलमा रहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दीर्घ रोगीको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । स्वास्थ्यमन्त्री सारुले जसरी पनि एमआरआई मेशिन ल्याउने बताएका छन मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका…
भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने सम्झौता
स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उक्त सेवा विस्तारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रसँग सम्झौता गरिएको हो । सम्झौतासँग अब भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । सोमवार भेरी अस्पतालमा एक कार्यक्रमकाबीच मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने…