स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरुको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ । ‘स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा…
समाचार
स्वास्थ्य कार्यालय रोल्पालाई जेनेरेटर र ल्यापटप हस्तान्तरण
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रोल्पालाई १५ केभिए क्षमताको जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी, स्वास्थ्य सेवा विभाग काठमाडौंको समन्वय र युनिसेफ नेपालको सहयोगमा जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको हो । स्वास्थ्य कार्यालय रोल्पामा एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीलाई थप सुदृढीकरण गर्न ९ थान ल्यापटप कम्प्युटर समेत हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले वताए । उनले जेनेरेटर जडान पछि चौबीसै घण्टा विद्युत ब्याकअपको व्यवस्था हुँदा भ्याक्सिन तथा कोल्ड चेन स्टोर सञ्चालन गर्न सजिलो वताए । जेनेरेटर…
‘नेपालमा ७२ प्रतिशत मानिसले नसर्ने रोगका कारण ज्यान गुमाउँदै’
काठमान्डौ/पछिल्लो समय विश्वमा नसर्ने रोगका कारण मृत्यु हुने बिरामीको संख्या बढ्दो क्रममा छ । नेपालमा पनि ७२ प्रतिशत मानिसको “नसर्ने रोगका कारण” मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । नसर्ने रोगका कारण मानिसको स्वास्थ्य उपचारमा लगानी समेत बढेको छ । सरकारले वर्षेनी झण्डै ८ अर्ब रकम नसर्ने रोगको उपचारमा खर्च गर्ने गरेको छ । सरकारी तवरबाट हुने उपचारमा लाग्ने खर्चका साथै व्यक्तिगत रुपमा पनि खर्च बढी गर्नु पर्ने हुँदा कतिपयले उपचार खर्चमा आफ्नो सर्वस्व गुमाउनु परेको छ । सरकारले विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला सम्वन्धि रोगका साथै अल्जाइमर्स, पार्किन्सन्स,…
यही अवस्था रहे स्वास्थ्य बीमा अर्को वर्षबाट बन्द हुन्छ :स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुने अवस्थामा रहेको बताएका छन् ।कान्तिबाट अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले मात्र स्वास्थ्य बीमा धान्न नसक्ने भन्दै यहि अवस्था रहे अर्को वर्षदेखि बन्द हुनसक्ने बताए । उनले नागरिकमा आधारित स्वास्थ्य बीमा हुनुपर्ने भन्दै नागरिकमा आधारित स्वास्थ्य बीमा नभएको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन सक्ने अब नागरिकमा आधारित स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुपर्ने बताए ।स्वास्थ्य बिमालाई एकलाख बाट बढाएर पाँचलाख पु¥याउन लागिएको उनको भनाई थियो । सरकारले वार्षिक सात/आठ अर्ब रकम निकासा गर्दै जाने, नागरिकले लगानी…
युसीएमएस. भैरहवाको २६औं वार्षिक साधारणसभा ,अध्यक्षमा पुनः शर्मा
स्वास्थ्यसमाचार/युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि.(युसीएमएस शिक्षण अस्पताल) को २६ औं वार्षिक साधारण सभा आइतबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभामा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरूबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनामा बारेमा आफ्ना धारणा राखेका थिए । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए । साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद…
भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभीं) तीनजनामा पुष्टि
स्वास्थ्यसमाचार/कोरोनाजस्तै घातक मानिने ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) फैलिँदो क्रममा रहेको छ ।एचएमपिभी भाइरस चिनपछि भारतमा समेत देखा परेको छ । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) तीन पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन्। भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटक राज्यका दुई जनामा विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको थियो। बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई…
स्वास्थ्य मन्त्रालय लुम्बिनीका सवारी साधन माथि ‘डिजिटल निगरानी’
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अव चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो ।सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय समेतको नीति ; सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिता को प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरु…
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनका लागि पुनः बोलपत्र
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा बिलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरतकासाथ लिनु पर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले…
स्वास्थ्यका लागि व्यायाम जरुरी संघिय स्वास्थ्य सचिब :डा पोखरेल
स्वास्थ्यसमाचार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले स्वास्थ्यका लागि ब्यायाम जरुरी रहेको बताउनु भयो । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा बुटबलमा भएको ‘स्वास्थ्यका लागि दौड’ कार्यक्रम उद्घाटन गर्दै डा पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य मानिसको लागी अतिआवश्यक रहेको बताउदै स्वच्छ रहनको लागी ब्याम जरुरी रहेको र सबैलाई सजग रहन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसँगै सामाजिक उत्तर दायित्वमा संस्थागत रुपमा लागेको बताउनु भयो । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु…
चिकित्सक संघ लुम्बिनीको दौड प्रतियोगिता :दौड उपाधि विशाल र सामनालाई
स्वास्थ्यसमाचार /रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन । उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरि पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरि पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरि पार…