स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालयले आफुनिकट कार्यलयहरुका कर्मचारुहिरुलाई तिन बुदे परिपत्र जारी गरेको छ। मन्त्रालयले माताहतका निकायलाई बैठक भत्ताका विषयमा तीन बुँदे निर्णय कार्यान्वयनमा ल्याउन परिपत्र गरेको हो। परिपत्रमा मन्त्रालयले बिदा वा काजमा रहेको समयदेखि कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार माताहतका निकायमा पत्र पठाएको हो। पत्र अनुसार बिदा वा काजमा रहेका पदाधिकारी/कर्मचारीलाई सो अवधिमै कार्यालयमै बैठक वा अन्य निर्णय प्रकृयामा सहभागी गराउने कार्य प्रचलित कानुनको बर्खिलाप तथा अनियमित कार्य हुने हुँदा अब…
समाचार
डा. शेखरलाई स्वास्थ्य र शिक्षा निःशुल्क बनाउने एजेण्डा बोक्न सुझाव
स्वास्थ्यसमाचार/शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो । तर शिक्षा र स्वास्थ्यका लागि नागरिकले धेरै दुःख र कष्ट व्यहोर्नु परेको छ । प्रजातन्त्रवादी चिकित्सक संघले बुटवलमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई बुद्धिजिवीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने एजेण्डा बोक्न सुझाव दिएका छन् । प्रजातन्त्रवादी चिकित्सक संघले बुद्धिजिवीहरुसंग काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विषयमा कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागि प्राध्यापक, डाक्टर, वकिल, पत्रकार, ईञ्जिनियर, उद्योगी–व्यवसायीहरुले उक्त सुझाव राखेका हुन् । कार्यक्रमको सुरुमा थोरै बोल्नुभएका नेता डा. कोइरालाले समस्या र समाधान सहितको सुझाव राख्नको लागि…
न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशको तेस्रो बन्यो गुल्मी अस्पताल
स्वास्थ्यसमाचार/न्यूनतम सेवा मापदण्ड मुल्याकंनमा गुल्मी अस्पताल यस पटक पनि लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय भालुबाङ दाङबाट आएको टोलीबाट गरिएको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा तेस्रो भएको जानकारी टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले दिनु भयो । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको उहाँले बताउनुभयो ।मङ्गलबार गुल्मीको तम्घासमा आयोजना गरिएको न्यूनतम सेवा मापदण्डको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा…
सत्तारुढ गठबन्धनको साझा संकल्प : आधारभूत स्वास्थ्य सेवा सबै पालिकामा पुर्याउने
स्वास्थ्यसमाचार/सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलहरुले नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् ।मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्पका सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउनदेखि खाद्य तथा औषधि नियमन प्राधिकरण बनाउने उल्लेख छ । जसमा सबै जनता निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने, स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थ्योपचार सहज बनाउने उल्लेख छ । यस्तै, सरकारी सामुदायिक, निजी क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय…
नेपाल निजामति कर्मचारी संगठनद्धारा रक्तदान ४० युनिट रगत संकलन
स्वस्थ्यसमाचार/नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभी इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाइएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिइन् । केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिव सदस्य काशीराम आचार्य र दिपक…
‘बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ’ : दन्त चिकित्सक घिमिरे
बुद्धि बंगारा के हो ? दाँतको लहर पछाडिको दाँत बुद्धि बंगारा हो । यो विशेषगरी १५ वर्षदेखि २५ वर्षसम्मका युवामा बढी आउँछ । १५ वर्ष उमेरभित्र सबै स्थायी दाँत आइसक्छन् । तर, १७ वर्षदेखि २५ वर्षसम्म आउने बाँकी दाँत बुद्धि बंगारा हो । बुद्धि आउने कुरासँग पनि यसलाई जोडिएर हेरिन्छ नि ? बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो । बुद्धि…
प्रेममा धोका पाएपछि नर्सको हत्या गरेर प्रेमी शिवशंकरले गरे आत्महत्या
विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो ।…
सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
स्वास्थ्यसमाचार/उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन्। उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख…
विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्स दासको शव फेला
स्वास्थ्यसमाचार/विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। विराटनगर महानगरपालिका(४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर(४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको दाहालले बताए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका…
घोराहीमा अस्पतालको कमजोरीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शन, दर्जन बढी घाइते
स्वास्थ्यसमाचार/घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन् । घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय…