धुर्कोटमा १५ शय्याको आधारभूत अस्पताल बाट सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा आधारभूत अस्पतालबाट चिकित्सकीय सेवा सुभारम्भ भएको छ । सेवाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुभारम्भ गर्नु भएको हो। सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले संबिधानमा सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्य सहित सरकार अघि बढेको बताउनु भयो। उहाले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनु भयो । आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो । समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड…

गुल्मी अस्पतालमा नियमित रूपमा हेमो डायलाइसिस सेवा सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरिने बताउनु भएको छ । गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले यस वर्ष ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरू गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको ओ एन एम गरेर थप सेवा बिस्तार गर्ने जानकारी दिनुभयो ।मन्त्री खनालले सम्बिधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भयो ।   अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले…

९ महिने बालकमा इस्पाइनल मस्कुलर एट्रोफी, सहयोगका लागि अपील

स्वास्थ्यसमाचार /गएको बैशाखमा रुपन्देहीको तिलोत्तमामा जन्मिएका ९ महिने बालक सृजम विष्ट अहिले ‘स्पाईनल मस्कुलर एट्रोफी’ रोगसंग लडिरहेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ४ नयाँमिलका महेन्द्र विष्ट र सिर्जना भट्टराईको पहिलो सन्तानको रुपमा जन्मिएका सृजमलाई सुरुका दिनमा त्यस्तो कुनै समस्या देखिएको थिएन ।सृजम जति बढ्दैगए उनमा सन्चो नभएको लक्षण देखिन थाल्यो । ‘चार महिनाको हुँदा टाउको ठूलो भएजस्तो, सन्चो नभएजस्तो महसुस भयो ।’ ९ महिने बालककी आमा सिर्जनाले भन्नुभयो–‘चेकजाँचको लागि अस्पताल लगियो, डाक्टरको सिफारिसमा भिडियो एक्स–रे गरेर हेर्दा पानी जमेको देखियो ।’ सिर्जनाका अनुसार बच्चामा केही समस्या छ भन्ने भयो…

पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने

स्वास्थ्यसमाचार/ सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाईने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग…

स्यानिटरी प्याडमा अनियमितता : प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

स्वास्थ्यसमाचार/अख्‍तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ।आयोगले बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरुद्ध मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीहरूले आठ लाख ७४ हजार तीन रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको निर्देशन : सेवाग्राहीको गुनासो गर्ने ठाउँ नराख्नुस्

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना गर्न नहुने बताउनु भएको छ। । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गर्नु भयो । अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन दिनु भयो । अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिनुभयो । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी…

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सञ्चालनमा

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालनमा ल्याएको छ ।सदरमुकामस्थित गुल्मी अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि उक्त सेवा संचालनमा ल्याएको हो। बालबालिका र किशोर किशोरीका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट स्थानीय तहमा पनि नसर्ने रोग सम्बन्धि अन्तरक्रिया भइरहेको छ । अस्पतालमा पुग्ने बिरामीहरुले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने र यो सेवाले बिरामीहरुलाई सहयोग पुग्ने कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरुलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना…

 दादुरा–रुवेला विरुद्धको खोप फागुन १३ देखि चैत ७ गतेसम्म लगाउने

स्वास्थ्यसमाचार/सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । “बाँकी ५१ जिल्लाका…

दुर्गा नर्स भएकै कारण स्वास्थ्य सचिवको नियुक्ति रद्द गरिएको हो? :गोनान

स्वास्थ्य समाचार नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नियुक्ति रद्द गरिएकोमा सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)ले आपत्ति जनाएको छ। गोनानले आज विज्ञप्ति जारी गरी यस विषयमा आपत्ति जनाएको हो । प्रमुख अस्पताल नर्सिङ प्रशासक श्रेष्ठलाई गतसाता लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको पदमा नियुक्त गरिएको थियो । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहनुभएकी ११औँ तहकी श्रेष्ठलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।तर नियुक्ति भएको केही दिनमा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित भएकोप्रति ध्यानआकर्षण भएको गोनानले जनाएको छ । उहाँलाई महिला र नर्स भएकै कारण अपमानित गरी नियुक्ति रद्द गरिएको संघले…

लुम्बिनीमा स्वास्थ्य सचिब डा. पन्थीलाई यथावत दुर्गाको नाम हटाइयो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा जर्नादन पन्थीलाई यथाबत राखिएको छ। केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो । मन्त्रालयले पठाएको प्रस्तावमा उल्लेखित केही नामावली परिवर्तनपछि मुख्य सचिव डा. बैकुष्ठ अर्यालले आज प्रमाणीकरणको पत्र मन्त्रालय पठाएसँगै पत्र बाँड्न थालिएको एक सहसचिवले बताए । दुर्गालक्ष्मी श्रेष्ठको नाम हटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।  सरकारले पन्थीलाई स्वास्थ्यमन्त्रालयमा नै यथाबत राखेको थियो।…