स्वास्थ्यसमाचार/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि तोकेको छ…
समाचार
Acid fly emerging again :Dr. Shambhu Khanal
The acid fly attacks have been rising recent years in hostels and residential areas in Terai area. The acid fly, scientifically known as Paederus sp homes the swamp habitat with bushes and stagnant water. A particular feature of the insect is its predilection towards bright fluorescent light. The hostel areas where students study late night are affected much owing to the special feature. It has been found that the insect becomes active few hours before sunset. So, it is light lover more in evening and nights. What does it do…
१ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण (सूचीसहित)
स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो । यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल परिमार्जन गरिएको बताए । ‘परिमार्जित दररेट तथा सुविधाहरू प्याकेजबाट टुक्र्याइएकोले बिमित र सेवा प्रदायकलाई थप सजिलो हुने अपेक्षा गरेका छौं,’ उनले भने । परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ…
पश्चिम नवलपरासी पुर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
स्वास्थ्यसमाचार/पश्चिम नवलपरासी आज पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले नवलपरासीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । ५९ महिना सम्मका बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेको सुनिश्चितताको आधारमा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । १५ महिना सम्मका ६ हजार ७ सय ४२ र १६ देखि ५९ महिना सम्मका २० हजार २ सय २६ बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो । जिल्लाका…
Palpa ‘Complete Vaccination’ District Announcement
Health news/District ‘full vaccination’ has been ensured and sustainability has been declared. After the children between 16 months to 5 years of age received full vaccination, the district was declared a full vaccination assurance and sustainability district in a ceremony on Tuesday. Speaker of Lumbini Province, Tulram Gharti Magar (Basant), handed over the proof of district declaration to the Coordinator of Vaccine Coordination Committee, Tankanath Khanal, and declared the district as a full vaccination assurance and sustainability district. 3 thousand 308 children under 15 months from birth and 10 thousand…
छाती पोल्ने, घाँटीमा केही अड्किए झैं हुने ग्याष्ट्रिक नै हो : प्रा.डा भट्टराई
पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं । तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ । के त्यसो भए यो अल्सरको कारण हो त रु कतिपय यस्तो प्रश्न पनि गर्छन् । अल्सर हुँदा पेटको दुखाई बढ्छ, कतिपयलाई बान्ता हुन्छ, खान मन लाग्दैन । यो समस्या बढ्दै गएमा दिसा कालो पनि हुन्छ । तर, सबैमा ग्याष्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि…
राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा.पन्थीलाई
स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य सचिब डा. जनार्दन पन्थीलाई राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। अर्को व्यवस्था नभएसम्मका लागि यस प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिए।
एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा
स्वास्थ्यसमाचार/लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा स्वास्थ्यसमाचारजनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो । १ अर्ब ५७ करोड ७७ लाख १९ हजार रुपैयाँ निकासा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी, १० वटा पालिकाको ४ करोड २८ लाख ९५ हजार रुपैयाँ भने स्वीकृत हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । समायोजन तथा समायोजन मिलानमा परेका, दरबन्दीभन्दा बढी भएका कतिपय स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब पाएका…
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
स्वास्थ्यसमाचार/स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य सस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउनेबित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको…
स्वास्थ्य मन्त्रालयले सङ्क्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड(१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको…