युनिभर्सल मेडिकल कलेज डाक्टरहरू सुरक्षाको माग गर्दै पेन डाउन

स्वास्थ्यसमाचार/ युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए। आइसियू कक्षामै पुगेर डाक्टरमाथि आक्रमण गर्दा पनि प्रहरी प्रशासनले व्यक्ति पहिचान हुँदा पनि अझै सम्म कारबाही नगरेको गुनासो पोख्दै काममा सुरक्षाको प्रत्याभूति नभए सम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए।शुक्रबार देखि…

नेपालमा कसैमा पनि कोरोना भेटिएको छैन : निर्देशक झा

काठमाडौं / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र…

कोरोनासँग लड्न के–के खाने जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव

डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ । १, पोषिलो…

सिद्धबाबा हस्पिटलमा यस क्षेत्रमै ठुलो र पहिलो सर्जरी अपरेसन

स्वास्थ्यसमाचार /बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ । बुटवल ८ सुख्नानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नासाथ सम्भवन्त यस क्षेत्रमा पहिलो पटक मृगौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ । नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पतालले जनाएको छ । मृगौला र पिसाव नलिसगँ जोडिएको उक्त नलिमा रोकावाट आएपछि ग्राहो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलमा युरोलोजिष्ट सर्जन डा.सुभाषचन्द्र चौधरीले सफल अपरेसन गरेको हस्पिटलका निर्देशक डा.दिपेश प्रधानले बताए। यो अपरेसनलाई जटिल खालको मानिन्छ ।…

दुई रोग दादुरा रुबेला नलागोस् है बेला न कुबेला

दुई रोग दादुरा रुबेला नलागोस् है बेला न कुबेला खोप अभियान। दादुरा र रुबेलाको खोप अभियान यी रोग लागे जान सक्छ बच्चाहरुको ज्यान । नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिका घरमा हुनि का अभिभावक सचेत भै जागौ है नछुटाई यो खोप लगाऔ है । खोप अभियान । निस्शुल्क छ सुरक्षित पनि छ प्राणघातक रोगबाट बचाउँछ खोप पाउनु हो बाल अधिकार समयमै हौ सबै होशियार । खोप अभियान । सोधौं खोजौ कहाँ छ खोप केन्द्र कहिले खोप लगाइन्छ भनेर जन्मेदेखि पाँच वर्षसम्मलाई पोलियोको थोपा नि खुवाई । खोप अभियान। बनाएर सबैको यौटै…

सुत्नु भन्दा अघि गर्न नहुने ७ गल्तीहरु

स्वास्थ्यसमाचार । मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ । १ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२…

टन्सिलको समस्या र घरेलु उपचार विधी

स्वास्थ्य समाचार । आउनुहोस आज हामी टन्सिलको समस्या र यसको रोकथामको घरेलु उपचार बिधि जानकारी गराउदैछौ । घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा रहने ग्रन्थीबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ । यसको समस्याले बालबालिकामा शारीरिक र मानसिक समस्या देखा पर्न सक्छ भने वयस्क उमेरका मानिसलाई रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने हुनसक्छ । खानपानमा ख्याल गरिएन भने टन्सिलको समस्या निम्तिनसक्छ । धरै चिसो वा धेरै तातो, धेरै गुलियो या धेरै अमिलो कुरा खाँदा टन्सिलको समस्या निम्तिन सक्छ । टन्सिलका बिरामीले अमिलो, पिरो, गुलियो,…

आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण !

स्वास्थ्यसमाचार । आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण मानिन्छ । घाँटी दुखाई, शारीरिक कमजोरी कम गर्न, वजन बढाउन यसलाई लाभदायक औषधि मानिन्छ । दैनिक रुपमा इलायची खाने गरेमा हृदय रोगबाट बच्न , एसिडिटी हटाउन मदत पुग्दछ । इलाइचिले पाचन प्रक्रिया नियमित गर्दछ । यति मात्र होइन बिरयानी र खीर, मासु जस्ता खानाको स्वाद बढाउन प्राय: हामी इलायची प्रयोग गर्दछौं। इलायची चिया बनाउनको लागि पनि प्रयोग गरिन्छ। इलायचीले तपाईंलाई पेट दुखाइ वा जलनबाट मुक्त गर्दछ। इलायची खानेले शरीरमा एसिडलाई नियन्त्रण गर्न र रक्तसंचार प्रक्रिया सुधार गर्नका लागि उपयोगी हुन्छ । कमजोर पाचन सुदृढीकरणमा इलायची धेरै…

हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी

स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…

ल्याबको जोखीम भत्ता स्थायी कर्मचारीलाई मात्र: स्वास्थ्यमन्त्रालय

स्वास्थ्यसमाचार/ ल्याबमा कार्यरत कर्मचारी लाई दिने भनिएको २५ प्रतिशत जोखिम भत्ता स्थायी कर्मचारीले मात्र पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको हकमा मात्र प्रयोगशाला जोखिम भत्ता व्यवस्था गरेको जनाएको छ । ल्याबमा कार्यरत कर्मचारीलाई जोखिम भत्ता निर्देशिका २०७२ को दफा ५ क बमोजिम शुरु तलब स्केलको २५ प्रतिशत दिनुपर्ने व्यवस्था छ । त्यस्तो जोखिम भत्ता सम्बन्धि कार्यालयले विनियोजित रकमबाट उपलव्ध गराउनु पर्ने छ । प्रयोगशालामा कार्यतर अस्थायी करार र विकास समिति अन्तरगर्त कार्यरत कतिपय कर्मचारीले भने सरकारी निर्णयले आफूहरुलाई अन्याय गरेको वताएका छन…