स्वास्थ्यसमाचार/ भीमअस्पताल भैरहवामा क्षयरोग निदान गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिनको प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । अस्पतालमा क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखीदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भिम अस्पताललेमा राखिएको हो । उदघाटनमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्षयरोगले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आबश्यकता रहेको वताए…
स्वास्थ्य-टिप्स
माछो -माछो भ्यागुतो भो समायोजन ?
राधिका खनाल अनमी छैठौ सबैको हित गर्ने सुपाच्य भोजन माछो माछो भ्यागुतो भोे समायोजन। नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर। पहिले भन्दा लथालिङग भयो आखिर । पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो । तिम्रै नाम जपी जपि तिज आईसक्यो । नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो। निहु बनाई बस्यौ तिमी कुन्नी के के हो । यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो मनोरोगी धेरै भए कसो गर्ने हो। अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा । जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा। चौथो देखी छैठै…
सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?
स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…
“स्वास्थ्य समायोजन र संघियतामा जनस्वास्थ्य”
सरोज रिमाल निजामती कर्मचारीहरु मध्ये ठुलो हिस्सा ओगटेको क्षेत्र स्वास्थ्य सेवा हो, जुन संघियता पश्चात केही थलिदै गएको अनुभुती गरिएको छ । विगतमा मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनिय उपलव्धी हासील गरी अन्तराष्टियस्तरमै पुरस्कृत हुन सफल भएको नेपाल संघियताले स्थापित गर्न खोजेको स्वास्थ्य व्यवस्थालाई आफु अनुकुल अपव्याख्या गरेकोले, स्वास्थ्य र संघियता विच तालमेल हुन नसक्दा स्वास्थ्यका सुचकहरु दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको पाईन्छ । महिनौ अघि तामझामका साथ कार्यक्रम गरी समायोजन सकियो भनिएतापनि स्वास्थ्य को सवैभन्दा ठुलो हिस्सा (करिव ८०५) रहेको सहायक पदका ४/५/।/६/७ तहको समायोजनको सुचि समेत सार्वजनिक गर्न नसकेको…
स्तनपान सप्ताह शुरु : आमा र शिशु दुबैलाई फाइदा
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान…
ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी
ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…
चट्याङबाट कसरी बच्ने ?
बिजुली चम्केको बेला सतर्क रहनु पर्छ। 1:- फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने। 2:- विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने। 3:- बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने। 4;- सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने। 5:- खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने। 6:- सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने। 7:- धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने। 8:- तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने। 9:-…
नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला
डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको…

