अगरबत्तीको धूवाँ चुरोटको भन्दा खतरा : हुनसक्छ ब्रेनट्युमर तथा क्यान्सर !

स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ ।
चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ ।  धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ ।
त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन क्यान्सर सोसाइटीले गरेको छ।

सम्बन्धित शिर्षक :