सिद्धबाबा हस्पिटलमा यस क्षेत्रमै ठुलो र पहिलो सर्जरी अपरेसन

स्वास्थ्यसमाचार /बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ । बुटवल ८ सुख्नानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नासाथ सम्भवन्त यस क्षेत्रमा पहिलो पटक मृगौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ ।

नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पतालले जनाएको छ । मृगौला र पिसाव नलिसगँ जोडिएको उक्त नलिमा रोकावाट आएपछि ग्राहो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलमा युरोलोजिष्ट सर्जन डा.सुभाषचन्द्र चौधरीले सफल अपरेसन गरेको हस्पिटलका निर्देशक डा.दिपेश प्रधानले बताए।

यो अपरेसनलाई जटिल खालको मानिन्छ । यस्तो नलीमा दुरविनबाट बुटवलमा पहिलो पटक अपरेसन भएको युरोलोनिष्ट सर्जन डा.चौधरीको दाबी रहेको छ । यस्तो अप्ठ्यारो केही ब्यक्लिाई जन्मदात नै हुने भएपछि अस्कमात मृगौलामा दुख दिनथालेपछि विरामीहरु अस्पताल आउने गर्दछन् ।

सरकारबाट २४ बेडको अनुमति पाएको सिद्धबावा हस्पिटलले यस अघि नै ओपिडी सेवा शूरु गरेको थियो भने सर्जरी सेवा हालै मात्र शुरु गरेको हो । सर्जरी सेवामा दुरविनबाट हर्नैया, आन्द्रा, पत्थरी आदीको अपरेसन गरिन्छ ।

विशेषज्ञ चिकित्सबाट सेवा दिने उद्धेश्यले स्थापना भएको सिद्धबाबा हस्पिटल एण्ड रिचर्स सेन्टर प्रा. प्रालिमा मुटु रोग विशेषज्ञ डा.दिपेश प्रधान, मृगौला रोग बिषेशज्ञ डा.शक्ति वस्नेत, युरोलोजिष्ट सर्जन डा.सुभाष चन्द्र चौधरी, मस्तिष्क तथा स्नायु रोगका विशेषज्ञ डा.संजिव कुमार शाह, दम, छाती तथा फोक्सो रोग बिषेशज्ञ डा यमनचन्द्र प्रधान, स्त्री रोग तथा प्रसुति सेवामा डा.रजिना श्रेष्ठ प्रधान रहेको छन ।

अस्पताल अध्यक्ष डा.शक्ति बस्नेतले अस्पतालले छिट्टै अर्थपेडिक सेवा शुरु गर्ने बताए । उनले अस्पतालले विकट क्षेत्रमा विगत लामो समयदेखी नै नि.शूल्क स्वास्थ्य परिक्षण गर्दै आएकोले त्यसलाई बढाएर अझै थप क्षेत्रहरुमा पुर्याउने लक्ष्य लिएको पनि बताए ।

सम्बन्धित शिर्षक :