टन्सिलको समस्या र घरेलु उपचार विधी

स्वास्थ्य समाचार । आउनुहोस आज हामी टन्सिलको समस्या र यसको रोकथामको घरेलु उपचार बिधि जानकारी गराउदैछौ ।

घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा रहने ग्रन्थीबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ । यसको समस्याले बालबालिकामा शारीरिक र मानसिक समस्या देखा पर्न सक्छ भने वयस्क उमेरका मानिसलाई रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने हुनसक्छ ।

खानपानमा ख्याल गरिएन भने टन्सिलको समस्या निम्तिनसक्छ । धरै चिसो वा धेरै तातो, धेरै गुलियो या धेरै अमिलो कुरा खाँदा टन्सिलको समस्या निम्तिन सक्छ । टन्सिलका बिरामीले अमिलो, पिरो, गुलियो, माछा, मासु खान नहुने चिकित्सकहरुले सल्लाह दिन्छन । यसलाई कम गर्न घरमै आफुले साबधानी अपनाउनु पर्छ जस्तै मनतातो पानी पिउने, नुनपानीले कुल्ला गर्ने गर्नुपर्दछ ।

टन्सिलको समयमा मनतातो पानि, सूप, जूस तथा अन्य पेय पदार्थ प्रसस्त पिउनु पर्ने पनि चिकित्सकहरु बताउछन् । टन्सिलको बिरामीले चिया, कफी या रक्सी फिटिक्कै लिनु हुँदैन । मह र गाँजरको जुस पिउनु पनि लाभ हुन्छ ।

नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ । एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ । कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ । तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु लाभदायक हुन्छ ।

लसुन या ल्वाङ टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुल्ला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

चूक अमिलो चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुल्ला गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ साथै टन्सिल हुनबाट जोगाउँछ ।

सम्बन्धित शिर्षक :