आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण !

स्वास्थ्यसमाचार । आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण मानिन्छ ।

घाँटी दुखाई, शारीरिक कमजोरी कम गर्न, वजन बढाउन यसलाई लाभदायक औषधि मानिन्छ । दैनिक रुपमा इलायची खाने गरेमा हृदय रोगबाट बच्न , एसिडिटी हटाउन मदत पुग्दछ । इलाइचिले पाचन प्रक्रिया नियमित गर्दछ ।

यति मात्र होइन बिरयानी र खीर, मासु जस्ता खानाको स्वाद बढाउन प्राय: हामी इलायची प्रयोग गर्दछौं।

इलायची चिया बनाउनको लागि पनि प्रयोग गरिन्छ। इलायचीले तपाईंलाई पेट दुखाइ वा जलनबाट मुक्त गर्दछ। इलायची खानेले शरीरमा एसिडलाई नियन्त्रण गर्न र रक्तसंचार प्रक्रिया सुधार गर्नका लागि उपयोगी हुन्छ । कमजोर पाचन सुदृढीकरणमा इलायची धेरै नै प्रभावकारी हुन्छ। इलायचीको प्रयोगले पाचन शक्ति बृद्धि हुन्छ र इलायचीको नियमित सेवनले पाचन समस्याहरूलाई सजिलै छुटकारा दिन सक्छ।
इलायची उच्च रक्तचाप नियन्त्रण गर्न उपभोग गर्नु महत्त्वपूर्ण छ किनभने इलायचीमा फाइबर र पोटाशियम हुन्छ जसले उच्च रक्तचापको स्तर कायम गर्दछ यदि तपाईं उच्च रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने खानामा इलायची खानुहोस् । यसले शरीरमा रक्तचापको स्तरमा सुधार ल्याउँछ ।

सम्बन्धित शिर्षक :