ल्याबको जोखीम भत्ता स्थायी कर्मचारीलाई मात्र: स्वास्थ्यमन्त्रालय

स्वास्थ्यसमाचार/ ल्याबमा कार्यरत कर्मचारी लाई दिने भनिएको २५ प्रतिशत जोखिम भत्ता स्थायी कर्मचारीले मात्र पाउने भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको हकमा मात्र प्रयोगशाला जोखिम भत्ता व्यवस्था गरेको जनाएको छ ।
ल्याबमा कार्यरत कर्मचारीलाई जोखिम भत्ता निर्देशिका २०७२ को दफा ५ क बमोजिम शुरु तलब स्केलको २५ प्रतिशत दिनुपर्ने व्यवस्था छ ।

त्यस्तो जोखिम भत्ता सम्बन्धि कार्यालयले विनियोजित रकमबाट उपलव्ध गराउनु पर्ने छ । प्रयोगशालामा कार्यतर अस्थायी करार र विकास समिति अन्तरगर्त कार्यरत कतिपय कर्मचारीले भने सरकारी निर्णयले आफूहरुलाई अन्याय गरेको वताएका छन ।

सम्बन्धित शिर्षक :