दुई रोग दादुरा रुबेला नलागोस् है बेला न कुबेला

दुई रोग दादुरा रुबेला
नलागोस् है बेला न कुबेला
खोप अभियान।
दादुरा र रुबेलाको खोप अभियान
यी रोग लागे जान सक्छ
बच्चाहरुको ज्यान ।

नौ महिनादेखि पाँच वर्षमुनिका
बालबालिका घरमा हुनि का
अभिभावक सचेत भै जागौ है
नछुटाई यो खोप लगाऔ है ।
खोप अभियान ।

निस्शुल्क छ सुरक्षित पनि छ
प्राणघातक रोगबाट बचाउँछ
खोप पाउनु हो बाल अधिकार
समयमै हौ सबै होशियार ।
खोप अभियान ।

सोधौं खोजौ कहाँ छ खोप केन्द्र
कहिले खोप लगाइन्छ भनेर
जन्मेदेखि पाँच वर्षसम्मलाई
पोलियोको थोपा नि खुवाई ।
खोप अभियान।

बनाएर सबैको यौटै मत
लक्ष्य हाम्रो हो शत् प्रतिशत
जनस्वास्थ्यको जारी छ युद्ध
सरुवा यी रोगका विरुद्ध ।
खोप अभियान ।

सफल पारौं यो खोप अभियान
समस्याको गरेर पहिचान
सरोकार वालाको सँगसाथ
सहयोगी मनलाई धन्यवाद् ।
खोप अभियान
कपिल गौतम
जनस्वास्थ्य अधिकृत, बुउमनपा

सम्बन्धित शिर्षक :