स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको…

कोरोना बिरुद्ध लडन स्वास्थ्यकर्मीहरुलाई तालिम दिंदै प्रदेश सरकार

स्वास्थ्यसमाचार/विश्वमा नै महामहारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडनका निम्त्ति प्रदेश नं. पाँच सरकारले भैरहवामा रहेको भिम अस्पताललाई आइसी यु र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको छ । तीस वटा वेड रहेको अस्पतालमा कोरोना विशेष उपचार वार्ड गरी ३५ बेड रहने गरी तयारी अन्तिम चरणमा पुगेको भिम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा.सुमित प्रजापतिले बताए । यो कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार तथा हेरचारह गर्ने गरी व्यवस्थापन गरिएको छ । अस्पतालमा उपकरण र मानवीय श्रोत भएपनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा संचालनको अनुभव…

स्वास्थ्य मन्त्रालयले प्रदेश ५मा डा रमेश खरेलको नेतृत्वमा जनशक्ति र सामग्री टोली खटायो

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ। टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो। टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका…

रुपन्देहीमा एचआईभी संक्रमितलाई घरघरमै औषधि

स्वास्थ्यसमाचार/ लकडाउनले समयमा रुपन्देहीका  लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टरएचआइभी संक्रमतिहरुलाई औषधि सेवाबाट वञ्चित नहुन भनेर घरमै औषधि पु¥याइएको छ । एचआईभी संक्रमितहरुलाई सरकारी स्वास्थ्य घरघरमा औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन नेपाल, नमूना एकीकृत विकास परिषद र आशाज्योति सहयोग समुहसंग संमन्वय गरी औषधी घरघरमा पुराईएको हो । लकडाउनले स्वास्थ्य संस्थामा जान मुस्किल भएको बेलामा घरमै औषधि पाएपछि संक्रमितहरु निकै खुशी भएका छन् । रुपन्देही जिल्लामा हाल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टर छन् । एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि हो । रुपन्देहीमा…

नेपाल चिकित्सक संघलुम्बिनी द्धारा एम्बुलेन्स चालकलाई पीपीई

स्वास्थ्यसमाचार /नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षण औजार (पीपीई) प्रदान गरेको छ । पीपीई नभएको भन्दै एम्बुलेन्स चालक बिरामी बोक्न पन्छिएका समाचार आइरहँदा संघले रुपन्देहीका दश जना एम्बुलेन्स चालकलाई पीपीई प्रदान गरेको हो । शनिबार संघका अध्यक्ष डा. इन्द्र ढकालले एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीलाई पीपीई हस्तान्तरण गरे । संघका महासचिव डा. सन्तोष पोखरेलका अनुसार ती पीपीई तिवारीले अन्य एम्बुलेन्स चालकलाई हस्तान्तरण गर्नेछन् । बिरामी बोक्ने कार्यमा सहजता ल्याउन एम्बुलेन्स चालकलाई पीपीई दिइएको पोखरेलले वताए। एम्बुलेन्स चालक संघका अध्यक्ष तिवारीले पीपीई प्राप्तिले एम्बुलेन्स सञ्चालन गर्न…

प्रदेश ५मा कोरोनापरिक्षण ७३ मध्ये ७१कोे रिर्पोट नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा कोरोनाको आंशकाका ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ७१ जनाको नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार परिक्षण गरिएका सबै ७३ जनाको रिर्पोट मा ७१ जनाको कोरोना नेगेटिभ आएको छ भने वाकी २ जनाको प्रकृयामा रहेको छ । स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालका अनुसार प्रदेशमा १सय १३ जना संकास्पद बिरामी मध्ये ८ जना भने अहिले पनि उपचाररत रहेका छन ।  प्रदेश पाँचमा रहेका २सय ९५ वटा क्वारेन्टीनमा २ हजार ६१ जना रहेको अधिकृत अर्यालले बताए ।

रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन । सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् । हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा.…

रुपन्देहीका स्वास्थ्य परिक्षण स्थलका स्वास्थ्यकर्मीलाई पीपीई सहयोग

स्वास्थ्यसमाचार /स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिमा बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई यहाँको एक संस्थाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ । मुलुकमा कोरोनाको संक्रमित फेला परिरहे पनि सरकारले स्वास्थ्यकर्मीलाईं हालसम्म पनि पीपीई उपलब्ध गराउन सकेको छैन । कतै पलाष्टी त कतै नर्मल पोलिथिन बेरेर दयनीय अवस्थामा स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् । रिलायन्स फाइनान्सको सहकार्यमा लायन्स क्लब इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोरले रुपन्देही जिल्लाका विभिन्न स्वास्थ्य परीक्षण स्थल (अस्पताल, क्वारेन्टाइन) मा पीपीई प्रदान गरेको हो । विश्वमा कोरोना संक्रमण बढ्दै गइरहेको र मुलुकमा पनि देखा परेको अवस्थामा…

प्रदेश ५ ले चीनबाट ल्याएको कोरोना परीक्षण मेसिन पाउने

स्वास्थ्यसमाचार/ सरकारले चीनबाट ल्याएको कोरोना परीक्षण गर्ने पोर्टेबल मेसिन चार वटा प्रदेशमा वितरण गर्ने निर्णय भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतवार बसेको बैठकले चीन सरकारले पाठएको कोरोना परीक्षणको पाँच थान मेसिन मध्ये चार वटा प्रदेशमा दिने र एक थान काठमाडौंमा नै राख्ने निर्णय गरेको हो । पोर्टेबल मेसिन प्रदेश २ मा एक थान, प्रदेश ५ मा एक थान, कर्णाली प्रदेशमा एक थान र सुदूरपश्चिम प्रदेशमा तत्कालै एक थान पठाउने भएको हो । प्रदेश १ मा आइतवारबाटै नमूना परीक्षण सुरु भएकाले त्यहाँ हाललाई पोर्टेबल मेसिन आवश्यकता नभएको जनाइएको छ…

पिपिई नहुुँदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरेका छौ :डा सुुदर्शन थापा

स्वास्थ्यसमाचार/ अहिले डा. सुुदर्शन थापालाई एक छिन पनि फुुर्सद छैन । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. थापाको पेशा उही तर, जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ । बिहान पाँचबजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थुुचुुक्क बस्ने अवस्था छैन । कारण हो, हालै विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुुखको जिम्मेवारी उनलाई छ । डा. थापाले यो जिम्मेवारीलाई चुुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् । उनीलाई अहिले आफूू सहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टिमलाई आत्मबल बढाएर काम गनुुपर्ने…