लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने भो १० तलाको भवन,निर्माणका लागि ठेक्का सम्झौता, काम सुरु

स्वास्थ्यसमाचार/ बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ। १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो । तर अहिले सबै प्रकृया पुरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण…

पाल्पा जिप दुर्घटना ८ जनाको मृत्यु १५ घाईतेलाई अस्पताल पठाईयो

स्वास्थ्यसमाचार/पाल्पामा जिप दुर्घटना हुदा ठुलो हाताहाती भएको छ। दुर्घटनामा ८ जनाको ज्यान गएको छ। भने १५ जनालाई उद्धार गरी अस्पताल पठाईएको छ।तिनाउ गाउपालिका वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनका अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य गम्भिर अवस्थाका घाईतेहरुको उद्धार गरी अस्पताल पठाईएको छ। पाल्पाको तिनाउ गाउपालिका डुम्म्रेबाट वडा नं ६ शिखरडाडा जांदै गरेको जिप दुर्घटना भएको हो। जिप सडकबाट ४० मिटर जती तल खसेको छ।जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यात्रुहरु बोकेर तिनाउ गाउपालिका ६ चिदिक जांदै गरेको लुख १ ज २३७१ नंको जिप दुर्घटना…

ग्लोवल फण्डको अनुदानको प्रभावकारिता अध्ययन गर्न डा.बाराकोटीको संयोजकत्वमा कार्य सम्पादन मूल्यांकन समिति गठन

स्वास्थ्यसमाचार/ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यीय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखाको जिम्मेवारी समेत पाएका अतिरिक्त सचिव डा.बाराकोटीको संयोजकत्वमा कार्य सम्पादन समिति गठन गरेका हुन ।समितिले ग्लोवल फण्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ । समितिको सह संयोजकको जिम्मेवारी स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । त्यसैगरी समितिका सदस्यहरुमा राष्ट्रिय…

योग्यता बिपरित कर्मचारी नियुक्ती गरेपछि जनस्वाथ्य संघको आपत्ती

स्वास्थ्यसमाचार /नेपाल जनस्वाथ्य संघले पछिल्लो समयमा क्षयरोग मुक्त पालिका निर्माण गर्ने भन्दै स्थानीय पालिकाहरुले कार्यक्रम संयोजक करारमा नियुक्ती गर्दा योग्यता अनुरुप भन्दा पनि फरक प्रकृतिबाट नियुक्ती गरिएको भन्दै आपत्ती जनाएको छ । केही स्थानीय तहले योग्यता तोकिएको तर छैठौं तह भनी उल्लेख भएकोमा नेपाल जनस्वाथ्य संघ लुम्बिनी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष हेमराज पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा मौजुदा नेपाल स्वाथ्य सेवा ऐन २०५३ र नेपाल स्वाथ्य सेवा नियमावली २०५५ मा जनस्वास्थ्य तहमा स्नातक उत्र्तीर्णलार्य हे.ई. समुह अन्र्तगत जनस्वाथ्य अधिकृत, सातौ तहमा नियुक्ती गर्ने व्यवस्था उल्लेख भएको…

अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा म्युजिकल कन्सर्ट हुने

स्वास्थ्यसमाचार/अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात माघ ३० गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्सर्ट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चौकका भव्य कार्यक्रम हुन लागेको हो । आस्था समुह बुटवल र स्वाथ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलाकार काली प्रसाद बास्कोटाको विशेष प्रस्तुती रहने छ । सार्वजनिक स्थानमा अयोजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क…

रेसुङ्गाका मेयर पन्थीसंग पराल्मीका स्थानीयले मागे एम्बुलेन्स

स्वास्थ्यसमाचार/गुल्मीको रेसुङ्गा नगरपालिका –१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् । स्थानीय सुशील सूर्यवंशीले यहाँका नागरिकका लागि एम्बुलेन्सको खाँचो रहेको बताउनुभयो । उहाँले एम्बुलेन्सको सुविधा उपलब्ध गराइ गाउँमा कोही बिरामी भएर बाहिर जानुपर्दा चर्को शुल्क तिरेर जानुपर्ने बाध्यता हटाउन माग गर्नुभयो । कोही बिरामी भएर सदरमुकाम तम्घास लगायत बाहिर उपचारका लागि जानुपर्दा अन्य सवारी साधन रिजर्भ गरेर जाँदा महङ्गो शुल्क तिर्नु परेको भन्दै उहाँले यहाँका नागरिकलाई एम्बुलेन्सको आवश्यकता रहेको बताउनुभयो । अर्का स्थानीय केशवप्रसाद पोखरेलले कृषकलाई…

सिरानीले मुख छोपेर छोराछोरीको हत्यापछि छतबाट हामफालेर आत्महत्या

काठमान्डौ/ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ । उहाँले घटनाका कारणबारे सबै…

जनस्वास्थ्य संघको केन्द्रीय तथा प्रादेशिक निर्वाचन वैशाख ८ गते हुने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको निर्वाचन आगामी वैशाखमा हुने भएको छ। संघका केन्द्रीय अध्यक्ष अध्यक्ष वसन्त अधिकारीका अनुसार केन्द्रीय समितिको बैठकको निर्णयले नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको जानकारी दिए। उनले उक्त निर्वाचनमा सहभागी हुन चाहने जनस्वास्थ्यकर्मीहरुले आजीवन वा साधारण सदस्यता लिन तथा साधारण सदस्यता नविकरण २०८० फाल्गुन मसान्तसम्म गरिसक्नुपर्ने जानकारी दिए ।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको क्षयरोग अन्तका लागि “प्रतिबद्धता”

स्वास्थ्यसमाचार/लुम्बिनी इन्टरनल मेडिसियन सोसाईटी को प्रथम अधिवेशनद्वारा क्षयरोग अन्तका लागि एउटा प्रतिबद्धता जनाएको छ । बुटवलमा सम्पन्न LIMS को प्रथम अधिवेशनको पहिलो भागमा राष्टिय क्षयरोग कार्यक्रम सम्बन्धी भएको CME शेशनका प्रमुख वक्ताहरूको रूपमा राष्टिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र सेभ द चिल्ड्रेनका बरिष्ठ प्राविधिक सल्लाहकार डा. आशिष श्रेष्ठले क्षयरोग कार्यक्रमको रणनैतिक लक्ष्य, प्रिभ्यालेन्स सर्भेको को वारेमा बोल्नु भएको थियो। उहाले नेपालमा बार्षिक अनुमानित क्षयरोगका विरामी संख्या (६९हजार देखी  १लाख १७ हजार सम्म), त्यो अनुसार नेपालले गरेको प्रगती तथा चुनौती, क्षयरोग निदान र केश व्यवस्थापनमा भएका नयाँ पहलहरू…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा.पौडेल निर्वाचित

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा विष्णुप्रसाद पौडेल निबिरोध निर्वाचित हुनु भएको छ। बुटबलमा आज भएको मेडिसिन सोसाईटी प्रथम अधिवेशनले डा पौडेलको अध्यक्षतामा समिति निबिरोध भएको हो । इन्टरनल मेडिसिन सोसाईटी बरिष्ठ उपाध्यक्ष डा नन्दु प्रसाद पाठक उप सभापति डा महेश राज घिमिरे महासचिव डा सरोज थापा सचिवमा डा कृष्ण कुमार अग्रवाल कोषाध्यक्षमा डा बिशाल के.सी.सह कोषाध्यक्षमा डा शम्भु खनाल सदस्यमा डा मोहनलाल तिवारी सुन्दर पान्डे डा तिलचन्द पान्डे डा. मनिष बि.क डा कृष्ण खनाल डा आकाश शाही सदस्य भएको निर्वाचन समितिका संयोजक गुणनिधि खनालले बताउनु भयो। नवनिर्वाचित अध्यक्ष…