बुटवलमा दुईवटा अस्पताल र आम्दामा आमा सुरक्षा कार्यक्रम लागू हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि  २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४०…

रुपन्देहीमा ३ जिल्लाका ५५ स्वास्थ्यकर्मीलाई ४ दिने आधारभूत खोप सम्बन्धी तालिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका ३जिल्ला रुपन्देही वाँके र पाल्पाका स्वास्थ्यकर्मीहरुको लागि आधारभूत खोप सम्बन्धी तालिम बुटबलमा सुरु भएको छ।परिवार कल्याण महाशाखाकाको खोप शाखाको आयोजनामा ४ दिने आधारभूत खोप सम्बन्धी तालिम सुरु भएको हो। पाल्पा रुपन्देही र बाँकेका ५५ जना स्वास्थ्यकर्मी सहभागीता रहेको आधारभूत खोप सम्बन्धी तालिममा स्वास्थ्यमन्त्रालय परिवार कल्याण महाशाखाकाको खोप शाखाकोका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई आग्रह समेत गर्नु भयो । खोपद्वारा नै…

राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल लुम्बिनीको अध्यक्षमा मनोज पौडेल

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटबलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुमित केसी महिला उपाध्यक्षमा बिष्णु कुमारी खत्री सचिबमा शिशिर पाण्डे कोषाध्यक्षमा सुमन तिमिल्सीना र सह कोषाध्यक्षमा खेमराज सापकोटा चयन हुनुभएको छ । भने सदस्यहरुमा कपिल पान्डे बिजय सेन बन्दना अधिकारी,माधब राउत र समिक्षा गुरुङ चयन भएको अध्यक्ष पौडेलले बताउनु भयो । राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष कपिल ज्ञाबली, केन्द्रीय उपाध्यक्ष भिमराज सिह ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी…

सियारीले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ। स्वास्थ्यको सियारी गाउँपालिकाको पुर्णपाठ १) नेपाल सरकारको नीति अनुसार अत्यावश्क र आवश्यकीय स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क ‍ उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यवस्थित र…

बर्दियामा सेनिटाइजर जस्तो तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु ३ जना बिरामी

स्वास्थ्यसमाचार/ बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा (सेनिटाइजर वा स्पीरिट ) जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन । जिल्ला स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मधुवन नगरपालिका–८ टिसियन फाँटामा गाउँपालिकाको डम्पीङ साईडमा जर्किनमा तरल पदार्थ भेटीएको र त्यो घरका परिबारले खादाँ २ जनाको मृत्यु र ३ जना बिरामी भएको वताउनु भयो। उहाले त्यो गाउँपालिकाको डम्पीङ साईडमा फालेको सेनेटाईजर वा स्पीरिट हो  आधिकारी थाहनभएको बताउनु भयो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार मृत्युहुनेमा ७० वर्षीया गौरी…

अतिरिक्त शुल्क फिर्ता माग गर्दे लुम्बिनी मेडिकलका विद्यार्थी आन्दोलित

स्वास्थ्यसमाचार /लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका विद्यार्थी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित कलेज परिसरमा प्रदर्शन गरेका हुन् । लुम्बिनी मेडिकल कलेज दसौं ब्याच ९२०१७ डिसेम्बर० एमबीबीएसका विद्यार्थीहरुले आफूहरुलाई कलेज प्रशासनले अनावश्यक अतिरिक्त शुल्क लिएको दाबी गर्दै आन्दोलन गरेको बताएका छन् । सय जनामध्ये ५६ जना विद्यार्थी अहिले इन्टर्नसिपमा जाने छन् । कलेजले इन्टर्नसिप शुल्क २ लाख, विश्वविद्यालय सम्बन्धन शुल्क ९५ हजार, शिक्षा सेवा शुल्क ४७ हजार ९ सय र…

आपत्कालीन उपचारका लागि तयारी रहन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन उपचार सेवा प्रदान गर्नका लागि तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरूको संक्रमण पनि बढ्ने खतरा रहेकाले देशभरका स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिनुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपत्कालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशमा जतिबेला पनि आपत्काल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर…

कीर्तिपुर नगरपालिकामा सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँको/ कीर्तिपुर नगरपालिकामा पनि आजबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । यो संगै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका स्थानीय तहको संख्या ७४९ पुगेको छ । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले नगरप्रमुख राजकुमार नकर्मीलाई बीमा कार्ड हस्तान्तरण गरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेका थिए । त्यसलगत्तै उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा अध्यक्ष तथा स्थानीय अगुवालाई स्वास्थ्य बीमा कार्ड प्रदान गरिएको थियो । १० वटा वडा रहेको कीर्तिपुर नगरपालिकामा दर्ता वीमाका लागि दर्ता सहयोगीहरु परिचालित भएका छन् । सो नगरपालिकाले प्रथम सेवा विन्दु…

स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय सच्चाउ :मेलान(MELAN) लुम्बिनी

स्वास्थ्यसमाचार/ मेडिकल ल्यावोरेटोरी एशोसिएशन अफ नेपाल लुम्बिनी स्वास्थ्य निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य क्षेत्र एउटा गम्भिर विषय हो । जनता स्वस्थ भएर बाँच्न पाउनु पर्छ । जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने राज्यको दायित्व हो । संघिय संरचनामा राज्य प्रबेश गरिसकेपछि यस प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने छुट्टै मन्त्रालय हुनुपर्छ भन्ने महत्वपूर्ण सोचका साथ यस प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भएको सर्बविदितै छ । स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था गर्ने र यसकै मातहतमा निर्देशनालय मार्फत कार्यान्वयन गराउने अत्यन्त राम्रो अभ्यास रहदा रहदै अन्य मन्त्रालय अन्तर्गत निर्देशनालय सरह…

सरकारी आयुर्वेद चिकित्सक संघले भन्यो–‘स्वास्थ्य निर्देशनालय हटाउनु अवैज्ञानिक निर्णय’

स्वास्थ्यसमाचार / सरकारी आयुर्वेद चिकित्सक संघ (कडान )ले लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा मन्त्रालय मातहतमा रहेका निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जानएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै लुम्बिनी संयोजक डा परवेश श्रीवास्तवले सरकराले स्वाथ्य निर्देशनालय खारेज गर्ने निर्णय तत्काल सच्चाउनको लागि माग गरेका छन् । उनले देश सङ्घीय संरचनामा गइसकेपछि सङ्घीयताको मर्म बमोजिम विकेन्द्रीकरणको अवधारणाअनुसार जनस्तरमा न्यायोचित स्वास्थ्य सेवा पुरÞ्याउन सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाटै विज्ञहरूको परामर्श र बृहत् गृहकार्य गरी स्थापित गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयलाई थप सुदृढीकरण गराउँदै लैजानुपर्नेमा खर्च कटौतीको…