स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो नीति तथा कार्यक्रम

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । ३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको…

शुद्धोधन गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुद्धोधनमा आ.ब.०७९/०८० मा १६ महिनादेखि ५ बर्षसम्म सबै बालबालिकाहरुलाई र १५ महिना मुनीका बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुदाँ शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित भएको घोषणा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिन सम्पूर्ण प्रक्रिया पुरागरी शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित घोषणा गरिएको बताउनु भयो। उक्त कार्यक्रममा पूर्णखोप दीगोपना कार्यक्रमको शुद्धोधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रस्तुतिमा यस पालिका तथा वडा…

मनकामना डेरी उद्योग तथा मिष्ठान्नमा अखाद्य गुणस्तरहीन बस्तु फेला

स्वास्थ्यसमाचार/ बुटवलको तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले गुणस्तरहीन अखाद्य वस्तु मिसाएर मिठाई बनाउने गरेको पाइएको छ। गुणस्तरहीन र अखाद्य वस्तु मिसाएर मिठाई बनाएको गुनासो आएपछि अनुगमनका लागि पुगेको टोलीले मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन बस्तु फेला परेको थियो। यसअघि पनि कारबाहीमा परेको मनकामनामा यस पटक पनि अनुगमनमा जाँदा गम्भीर लापरबाही गरेको भेटिएको छ। अनुगमन टोलीले त्यहाँबाट ठूलो परिणाममा अखाद्य वस्तु फेला पारी नष्ट गरेको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, डेरी व्यवयासी संघ, नगर…

स्वास्थ्यका कर्मचारीलाई अर्थको निर्देशन दरबन्दीबाहेकका लाई तलब पालिकाबाटै

स्वास्थ्यसमाचार/ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन आफै गर्न परिपत्र गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शैय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदैं संघीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न भनेको छ । ‘नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय…

बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर : डा.शम्भु खनाल

बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर हल्का आँखा राता छन् । निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ । आँखा टल्पल पनि छन् । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने ब्यबस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान् कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला । मनको बेग त आँखामा झल्किन्छन् नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन् । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका बिभिन्न परिबन्धको निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ । निर्दोष चेहरा, शान्त…

९औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

स्वास्थ्यसमाचार/ ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थिति विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए । उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि…

स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउ :जनस्वास्थ्य संघ लुम्बिनी

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्न गरेको तयारीका विषयमा नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरोकारवालाहरुसँग छलफल बहस नगरी हठात् बजेट बक्तब्यमार्फत स्वास्थ्य मन्त्रालयमा गाभिने भनि निर्णय आउनु मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई उपेक्षा एवं नजरअन्दाज गरिएको संघले जनाएको छ। विश्वव्यापीकरणरण संगै बढ्दो अवस्थामा रहेको स्वास्थ्यका चुनौतीहरु, नयाँरनयाँ प्रकृतिका सर्ने एवं नसर्ने रोगहरुको व्याप्ताता, जलवायु परिवर्तन लगाएतका अन्य क्षेत्रगत स्वास्थ्य चुनौतीहरुसँग लड्दै स्वास्थ्य सेवाको गुणस्तर थप अभिवृद्दि गरी संविधान प्रदत्त जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विद्यमान स्वास्थ्य…

४३सय महिलाले पाए बुटबलमा जनही २ हजार मातृशिशु पोषणभत्ता

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाबाट आर्थिक बर्षको सुरुदेखी हालसम्म ४३ सय महिलाले मातृशिशु कार्यक्रमअन्तरगत जनही २ हजार पोषणभत्ता पाएका छन। बुटवल उपमहानगर पालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो। जसअनुसार मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो। उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका…

पाल्पाका १० बटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

स्वास्थ्यसमाचार /पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सरकारको मापदण्ड अनुसार बच्चा जन्मेको १५ महिनाभित्र १४ प्रकारका खोप लगाउनुपर्छ । ती खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर २३ महिनाभित्र खोप लगाएपछि लक्ष्य पुरा हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो । यो वर्षदेखि २३ महिनादेखि पाँच वर्ष…

क्यान्सर रोगिका बिबिध पक्षका बारेमा अनुसन्धान गरिने

स्वास्थ्यसमाचार/नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही शाखाको बैठक सम्पन्न भएको छ । शाखा सभापति खिम बहादुर हमालको सभापतित्वमा भएको बैठकले बिश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको दिन सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ बिक्रि बितरण, उत्पादन र प्रयोगमा निषेध गरि सुर्तीजन्य पदार्थ मुक्त समाज निर्माण अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरे बापत यस जिल्ला अन्तर्गत तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मानित गरेको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । बैठकले कार्यक्रममा उपस्थित हुनुभएका सबैमा आभार प्रकट गरेको सहसचिव बाबुराम बिकले बताउनु भयो । बैठकले आगामी आर्थिक बर्षका लागि संस्थाका उपसभापति सुरेन्द्रप्रसाद श्रेष्ठको…