लुम्बिनी प्रादेशिक अस्पतालमा एम.आर.आइ. सेवाको लागि १५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु । अर्थमन्त्री चेतनारायण आर्चायले बजेट भाषणमा उक्त कुरा बताउनु भएको छ। त्यस्तै प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ ।

जनस्वाथ्यकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सरोज रिमाल विजयी

स्वास्थ्यसमाचार/जनस्वाथ्यकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सरोज रिमाल विजयी भएका छन् । शनिबार लुम्बिनी प्रदेशको बुटवल लुम्बिनी प्रादेशिक अस्पताल मतदान केन्द्र र दाङको स्वाथ्य निर्देशनालय भालुवाङ्गमा भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हेमराज पाण्डेलाई पराजीत गरी रिमाल विजयी भएका हुन । निर्वाचन समितिका संयोजक धर्मराज भट्टराईका अनुसार रिमालले ५३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी हेमराज पाण्डेले कुल ४५ मत ल्याएका थिए । यस्तै सचिव पदका उम्मेदबार नरेश बाबु श्रेष्ठले कुल ६२ मत सहित विजयी भएका छन् । यस्तै उनका प्रतिद्वन्द्वी माधव खनालले कुल ३५ मत प्राप्त गरेका थिए । यस्तै…

लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड बजेट बिनियोजन भएको छ। अर्थमन्त्री चेतनारायण आर्चायले प्रदेशसभाका बजेट बिनियोजन भाषणमा उक्त कुरा बताएका छन।उनले गत बर्षको भन्दा अहिलेको बर्षमा बजेट कम बिनियोजन गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको गौरबको आयोजना हो १२ भबन निमार्णाधीन अबस्थामा रहेको भबन ५ बर्षमा सम्पन्न हुने बताईएको छ।

नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता :स्वास्थ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री  दिपेन्द्र कुमार पुनमगरले नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता बन्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा “प्रदेश को स्वास्थ्य क्षेत्र सुधारको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय र सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो विचार राख्नु भएको हो । उहाँले सडक, भवन, पुल भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने बिषय राज्यले बुझ्नु पर्दछ। मानिसको स्वास्थ्य राम्रो नभएमा, भौतिक बस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने? भन्दै प्रश्न समेत गर्नुभएको छ । अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्न हुनुपर्दछ । जवसम्म स्वास्थ्य राज्यको…

९० प्रतिशत जनस्वाथ्यकर्मीको समस्या सामाधान गर्न पहल गर्छु :सरोज रिमाल अध्यक्ष पदका उम्मेदबार

नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सरोज रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार सरोज रिमाल संग गरिएको कुराकानी । तपाईंको उम्मेदबारी के को लागि ? प्रदेशको भित्रका जनस्वाथ्य कर्मीहरुको हक हित स्थापनाको गठन भएको संगठन हो । हामी प्रदेशका स्वाथ्य क्षेत्रका हक हितको लागि काम गर्नको लागि हक हितको लागि हामी का गर्ने छौ । हक हितको…

नेफा लुम्बिनी स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्छु :हेमराज पाण्डे अध्यक्ष पदका उम्मेदबार

नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सागर रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार संग स्वास्थ्यसमाचारको टीमद्धारा पाण्डेसंग गरिएको कुराकानी । तपाईंको उम्मेदबारी के को लागि ? यो भन्दा पहिला नेफा लुम्बिनी २ वर्ष भन्दा बढी अध्यक्ष भएर काम गरेका छु । सर्वसम्मत रुपमा नेतृत्वको लागि पहल भएको थियो । तर यसमा साथीहरुले मान्नु भएन । चुनाव हुँदा…

लुम्बिनी प्रादेशिक अस्पतालले असार १ वाट अनलाइन टिकट सुरु गर्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षण कालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका…

पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार / पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गरेसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप…

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि सुरु

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले आयोगले एमबिबिएस, बिडिएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो । प्राडा झाका अनुसार आयोगले…

सबैका प्रिय डाक्टर :डा .शम्भु खनाल

कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ ।त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिँडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्यौराले सजाएर कुर्सीमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गाह्रो भए…