स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा अस्पताल नै अलपत्र अवस्थामा परेको छ । राजनीतिक खिचातानीले जिल्लाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशासनिक पदहरु अन्योलमा छन् । पछिल्लो समय अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि अर्को संकट आइलागेको हो । यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका डा.ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मुद्दामा लुम्बिनी प्रदेश सरकारलाई पनि विपक्षी बनाइएको छ । मेसु नियुक्त डा. ढकाल १०औं तहका हुन् भने मुद्दा…
समाचार
सातै प्रदेशमा मानवअंग प्रत्यारोपण उपकेन्द्र स्थापना गरिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए । ‘मानव अंगदानको लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’यस(केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका…
सरकारी चिकित्सकको नाम र पद निजी स्वास्थ्य संस्था प्रयोग नगर्न स्वास्थ्य मन्त्रालय लुम्बिनीको निर्देशन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय उपत्यका (देउखुरी), नेपालले सरकारी कार्यालयको नाम र पद प्रयोग नगर्ने गरी चिकित्सक कर्मचारीहरुलाई आदेश दिएको छ । २०८१।०४।२८ को को मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ती लिएका चिकित्सक, कर्मचारीहरुले आफ्नो नाम, पदम तथा एनओसी नम्बर नीजि क्लिनिकमा प्रयोग गर्न नपाउने नियम बनाएको हो । प्रदेशका स्वाथ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफु कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ. पि. डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत…
जङ्गली च्याउ खाँदा गुल्मी रेसुङ्गामा एकै परिवारका आठजना बिरामी
स्वास्थ्यसमाचार अनलाईन | जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका -८ बस्ने एकै परिवारका आठ जना बिरामी परेका छ्न । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले दिनुभएको जानकारी अनुसार रेसुङ्गा सामुदायिक बनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने च्याउ खादा सो वडाका एकै परिवारका ८ जना विरामी भएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जंगली च्याउ पकाएर खादा बिरामी पर्नेहरूमा ६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास…
प्रयोगशाला स्थापना,दर्ता तथा नवीकरण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीको आग्रह
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशभित्र सञ्चालित अस्पताल वा पोलिक्लिनिकमा अधारित प्रयोगशाला वा एकल प्रयोगशालालाई प्रचलित कानुन बमोजिम दर्ता र नविकरण गर्न लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले अनुरोध गरेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज एक सुचना जारी गदै नवीकरण नगरी सञ्चालनमा रहेका संस्थाहरु यथाशिघ्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउँन अनुरोध गरेको हो । ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सी समुहको प्रयोगशालाहरूको दर्ता तथा नवीकरण सम्बन्धी कार्य भैरहेको छ। प्रयोगशालाको दर्ता र नवीकरण नगराई संचालनमा रहेका प्रयोगशाला तथा अनाधिकृत रुपमा अस्पताल, फार्मेसी, क्लिनिक, डायग्नोष्टिक सेन्टर जस्ता स्थानहरुबाट नमुना संकलन गरि अन्यत्र…
कालीगण्डकी गाउँपालिकामा खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा
स्वास्थ्यसमाचार/स्थानीय नागरिकलाई शुद्ध पानी पुर्याउने उद्देश्यले गुल्मीको कालीगण्डकी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकाको खानेपानी गुणस्तर अनुगमन निर्देशिका, २०८० अनुसार पालिकाभित्र सञ्चालित सम्पूर्ण खानेपानी योजना तथा खानेपानीको लागि प्रयोग भइरहेका संरक्षित मुहानहरुको पानी परीक्षण गरिने भएको हो । सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।निर्देशिका अनुसार संरक्षित मुहानहरुको पानी प्रत्येक तीन/तीन महिनामा वर्षातभन्दा अगाडि, वर्षातको समयमा र वर्षात पछाडि परीक्षण गर्नुपर्नेछ । यहाँ पालिकाभित्रको खानेपानीलाई व्यवस्थित, सुरक्षित र…
स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा स्वास्थ्य बीमाको दायरालाई बढाउने प्रस्ताव गरेका छन् । स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् । सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन…
स्वास्थ्यमन्त्री कार्ययोजनाः तीन तहको समन्वय बैठक नियमित गर्नेदेखि स्वास्थ्य सेवा ऐन ल्याउनेसम्म
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूलाई मन्त्रालय यथास्थितीमा चलाउने इच्छा नभएको बताएका छन् । आइतबार २३ पृष्ठ लामो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्दै उनले मन्त्रालय बाहिरबाट आफूले हेर्दाजस्तो नरहेको अनुभव सुनाए । मन्त्रालयका अधिकारीहरुलाई वरीपरी राखेर पपुलिष्ट कार्ययोजना सार्वजनिक गरेको स्वास्थ्यमन्त्रीले बजेटकै सेरोफेरोमा रहेर काम गर्ने धारणा व्यक्त गरे । ‘बजेट नभएका कार्यक्रम पनि छन् । तिनको स्रोत खोजिनेछ,’ उनले भने । संघ, प्रदेश तथा स्थानीय तहको समन्वय बैठक नियमित गरेर समस्या र आगामी कार्ययोजना पहिचान गर्ने उनले जानकारी दिए । ‘तीन तहबीच स्पष्ट बुझाइ कायम गरी दोहोरोपन हटाइनेछ,’ उनले…
बर्दियामा सर्पको टोकाइबाट दुई बालबालिकाको मृत्यु, एक घाइते
स्वास्थ्यसमाचार/बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन् । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।…
लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट ८हजारले लिए सेवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट आर्थिक बर्ष २०८० /० ८१मा ७हजार ६सय बढी बिरामीले सेवा लिएका छन। सामाजिक सेवाईकाई को तथ्याङक अन्सार २०८० / ०८१मा ७ हजार ६९७ जनाले सेवा लिएका छन अति गरिब ८ सय २ जना महिला, १ हजार ७४ जना पुरुष, अपाङ्गता भएका ४७ जना महिला, ७९ जना पुरुष असहाय ६६जना महिला १ सय २३ जना पुरुष, कुपोषित बालबालिका २६ जना बालिका ३९ जना बालक, लैगिंक हिंसामा १ जना महिला, थुनुवा ३ जना महिला ३१ जना पुरुष महिला स्वास्थ्य स्वयंसेविका ७ जनाले सेवा लिएका हुन । सामाजिक…