स्वास्थ्यसमाचार/घर-घरमा शौचालय भएको विश्लेषण गर्दै पाल्पा जिल्लालाई २४ चैत्र २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुुग्न लाग्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । भएका शौचालयहरू पनि प्रयोगलायक छैनन् ।घरदेखि बाहिर निस्कनसाथ हरेक मानिसले दैनिक सार्वजनिक शौचालयका कारण विविध समस्या भोग्न बाध्य छन् । शुक्रबार त्यस्तै समस्या भोग्न बाध्य हुनुभयो बुटवलबाट तानसेन घुम्न आउनुभएकी सम्झना पन्तले । तानसेनस्थित दरबार घुमेर सम्झना नारायणस्थानतर्फ लाग्नुभयो । तर, त्यहाँ…
समाचार
त्रिपालमै १० भूकम्पपीडितको ज्यान गयो, चिसोको प्रत्यक्ष मारमा बालबालिका, सुत्केरी र बृद्धबृद्धा
स्वास्थ्यसमाचार/ भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमा सरेका भूकम्पपीडितलाई एकातिर चिसोले कष्टकर बनाएको छ । भने अर्कोतिर चिसोकै कारण धमाधम विरामी पर्ने र ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट विस्थापित भई त्रिपालमा कष्टकर जीवन विताइरहेका जाजरकोटका १० जनाको हालसम्म त्रिपालमै ज्यान गइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घ रोगी छन् । तर त्रिपालको कष्टकर बसाई र चिसोको प्रत्यक्ष मारमा भने बालबालिका, सुत्केरी, अशक्त तथा बृद्धबृद्धाहरु परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपलब्ध गराएको विवरण अनुसार जाजरकोटको छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया…
लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर ७ प्रदेशमध्येकै सर्वाधिक
स्वास्थ्यसमाचार/देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन्। यसैगरी लुम्बिनी प्रदेशमा नवजात शिशुको मृत्यु पनि २.२ प्रतिशत रहेको छ। पाँच वर्षमुनिका…
लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार सार्वजनिक विदा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए । गृह मन्त्रालयका उप(सचिव खिमानन्द ज्ञवालीद्वारा जारी सूचनामा भनिएको छ, ‘माननीय गृहमन्त्रीस्तरीय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
भूकम्पमा परी घाइते भएका ४८ जना उपचारपछि घर फर्किए
स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको…
एएचएफ नेपालको छ महिनामा सम्पन्न गरिएका कामको समिक्षा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एच आइ भी र एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना एएचएफ नेपालको छ महिनाको कार्यक्रमको समिक्षा गरेको छ।परियोजनाले आगामी कार्यदिशा तय गर्दा आउने समस्या तथा रोडम्यापका वारेमा पनि छलफल गरिएको थियो। कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेश का कार्यक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ लागू भएको परियोजनाको ६ महिनामा भएको काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी गराउनु भयो। परियोजनाले नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१/२०२६ ले परिकल्पना नयाँ एचआईभी संक्रमण रोकथाम…
लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना कार्यान्वयन भए स्वास्थ्य सेवा प्रवाह सहज
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई सहज बनाउन गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताईएको छ।प्रदेश सकारले गुरुयोजना कार्यान्वयन नगर्नु सिमित श्रोत र साधनले सेवा उपलब्ध गराउनु पर्दा गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको सरोकारवालाहरुले बताए । युएनडिपीको सहयोगमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे । तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन नसकेको समेत उनीहरुले बताए…
भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमाका स्वास्थ्यकर्मी सुत्केरी आमाहरूको सेवामा सक्रिय
स्वास्थ्यसमाचार /तिलोत्तमाका स्वास्थ्यकर्मीको टोलिले आज चौथो भुकम्प प्रभावित क्षेत्र नलगाढ नगरपालिका ४मा ३सय ४० घरका महिला तथा सुत्केरी आमाहरूको सेवामा सक्रिय रहेको छ। महिला तथा सुत्केरी आमाहरूको स्वास्थ्यमा आउने समस्या लाई मध्यनजर गरी अस्थाई टहरा निर्माण र सुरक्षित एवम न्यानो कपडा समेत वितरण गरेको छ। तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत कमल पाण्डेका अनुसार त्यस नगरपालिकामा ३१रहेका सुत्केरी आमाहरू रहेका र ति सबै खुल्ला आकाश मुनि रहेकोले अस्थायी टहरा बनाई सुरक्षित राखिएको बताउनु भयो। तिलोत्तमाको स्वास्थ्यकर्मीको टोली र राहत सहित भुकम्प गएको दोश्रो दिन नै उक्त क्षेत्रमा उद्धारको लागी राहत लिएर हिडेको…
युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता
स्वास्थ्यसमाचार/युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको एक महिना अघिदेखिको आन्दोलन फिर्ता भएको छ । आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह(प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा।डा। लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि विद्यार्थीको एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी दिएका…
भारतद्वारा १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण
स्वास्थ्यसमाचार/ भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो। आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन्। भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय…