स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
समाचार
कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदै
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गतका पहिलो चरण ७सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजोखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ ।
प्रदेशमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ ईन्टरनेशनल हस्पिटल’
स्वास्थ्यसमाचार /प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ । बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले गराए । यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको जानकारी गराए । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो र ट्रमालाई लक्षित गरेर बिशेषज्ञ सेवा सुरु गरिएको हो…
अहेवको समायोजन, मन्त्रालयद्धारा आइतबार नै पत्र ‘डिस्प्याच’
स्वास्थ्यसमाचार अनलाईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको समायोजन गरेको छ । मन्त्रालयले आइतबार १० हजार बढी अहेवको समायोजन गरी पत्र डिस्प्याच गरेको बताएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले अहेवको समायोजनको पत्र ‘डिसप्याच’ भैसकेको पुष्टि गरे । उनले भने, ‘अहेवको पत्र हिजो हिडिसक्यो । अब आज उनीहरुको सूची वेवसाइटमा पनि राखिन्छ होला ।’ अहिले समायोजनको पत्र पठाईएपनि विवाद भने कायम नै रहने देखिएको छ । ‘गुनासो सम्वोधन सायद भएको छैन । अब कति गुनासो पर्छन् त्यसपछि मात्रै मिलाउने प्रयास हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले बताए…
बुटबलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संञ्चालनमा
स्वास्थ्यसमाचार/ बुटवलमा छाला तथा यौन, कुष्टरोग र सौन्दर्यसँग सम्बन्धित रोगहरुको उपचारका लागि अस्पताल संचालनमा आएको छ । एक करोड ९५ लाख ८० हजारको लगानीमा बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संचालनमा आएको हो । ६ जना विषेशज्ञ सहितको अस्पतालमा छाला तथा यौन रोग, कुष्टरोग, नङ, कपाल आदिहरुमा देखिने रोगहरुको उपचार हुन्छ । त्यस्तै, सेन्टरमा लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनाबश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचारसमेत हुने अस्पतालका अध्यक्ष यम बहादुर थापा मगरले बताए । लुम्बिनी स्कीन एण्ड लेजर…
लुम्बिनी प्रादेशिक अस्पतालको डाईनेस्टीक भबन शिलान्याश
स्वास्थ्यसमाचार / बुटवल स्थीत लुम्बिनी प्रादेशीक अस्पतालमा बन्न लागेको नयाँ डाईगेनिष्टक भबनको आइतवार शिलन्यास गरिएको छ । १८ करोडको लागनीमा बन्ने उक्त भवनको आईतबार एक कार्यक्रमका बीच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिल्यनास गरेका हुन ।पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरिय सेवा पाउने विश्वास लिएको छ । नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेन डा. कृष्ण खनालले बताए । ५…
निशुल्क र छुटमा उपचार पाउने अस्पतालको सुची सार्वजानीक
स्वास्थ्यसमाचार/ सरकारले २५ शैयाभन्दा माथिका ३५ अस्पतालमा निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा पाउने समूह छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वटा समूहभित्र पर्ने बिरामीका लागि अस्पतालमा रहेका सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क वा आंशिक छुट उपलब्ध गराउने गरी मार्गदर्शन तयार गरेको छ ।मार्गदर्शनअनुसार निःशुल्क या आंशिक छुट पर्नेको पहिलो नम्बरमा गरिब, दोस्रोमा असहाय, तेस्रोमा अपाङ्ग भएका व्यक्ति, चौथोमा जेष्ठ नागरिक, पाँचौ लैङ्गिक हिंसा पीडित (बालवालिकासमेत) परेका छन् । त्यसैगरी छैटौमा महिला स्वास्थ्य स्वंमसेविका, सातौमा प्राकृतिक प्रकोपमा परेका (भूकम्प, बाढी, पहिरो), आठौमा सहिद परिवार, नवौमा कुपोषित बालवालिका, दशौमा प्रहरीले…
प्रादेशीक अस्पताल बुटबलमा १८ करोडको लागनीमा नयाँ डाईगेनिष्टक बन्ने
स्वास्थ्य समाचार/ लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा नयाँ डाईगेनिष्टक भबन बन्ने भएको छ । प्रदेश ५ सरकार समाजीक बिकास मन्त्रालयको १८ करोडको लागनीमा उक्त भबन बन्ने भएको छ । भबनको असोज १२ गते आईतबार सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिलान्याश गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलले जनाएको छ । १ सय ९ बर्ष पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बन्न सुरु भएका छन। नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने भएको छ…
जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका नेता पन्थीले
स्वास्थ्यसमाचार/ गुल्मीका काँग्रेस सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा खर्चिएका छन् । पन्थीले आफ्नो ४५ औं जन्मदिनमा परेको र त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरे । बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपतिको राजीनामा माग्दै प्रदर्शन
स्वास्थ्य समाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा संगीता भण्डारीको राजीनामा माग गर्दै घोराहीमा बिरोध प्रदर्शन गरिएको छ। भण्डारीको राजीनामा माग गर्दै आज घोराहीबासीले विरोध ९यालीको आयोजना गरे। प्रतिष्ठानको कार्यालयनजिकबाट शुरु भएको ९यालीले बजार परिक्रममा गरी कोणसभामा परिणत भएको थियो। कार्यक्रमका वक्ताहरुले कुनै पदाधिकारीको जागीर बचाइदिन दाङवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु घातक भएको भन्दै पदाधिकारी परिवर्तन गर्न माग गरे। विरामीबाट चर्को शुल्क लिने, सुत्केरी आमाहरुलाई पोषण भत्ता नदिने, बिशेषज्ञ चिकित्सकको ब्यवस्था नगरी प्रतिष्ठानलाई स्वास्थ्य चौकीको स्तरमा झार्ने, आफैले भर्ती गरेका चिकित्सकलाई अपमानित हुने गरी हटाउने, जग्गाको खोजी गरी भवन…