रोल्पा अस्पतालमा अक्सिजन प्लान्टको मुख्यमन्त्री केसीद्वारा उद्घाटन

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा अक्सिजन पलान्टको उद्घाटनमा भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसील एक कार्यक्रमका बिच  जडान गरिएको अक्सिजन पलान्ट उद्घाटन गरेका हुन ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन पलान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बताए। उनले भने हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ ।

रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना गर्नका लागि प्रदेश सरकारले व्यवस्था गरेको बताए ।मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा यसको निर्माण व्यवसायीलाई तुरुन्त छानविन र निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन ।

रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनु समेत आग्रह गरे । राज्यकोषले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नुपर्ने बताए ।

मुख्यमन्त्री केसीले स्वास्थ्यक्षेत्रको समस्यालाई हल गर्नका लागि नै प्रदेश सरकारले पहिलो प्राथमिकताकासाथ ध्यान दिएको वताए ।कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामाअक्सिजन जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विस्वास समेत व्यक्त गरे । रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदानसमेत गर्न आग्रह गरे ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तिको समस्यालाई हल गर्नका लागि १०० केभिएको जेनेटर प्रदान गरेको छ । साथै रोल्पा जिल्ला अस्पतालाई रोल्पा नगरपालिकाले स्वाथ्य सामाग्रीहरु प्रदान गरेको बताए ।कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पपाका कार्यवहाक प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा एमाओवादी केन्द्र रोल्पाकाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख होमनाथ भट्टराई, अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान प्रमुख लगागायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन रोल्पा अस्पतालका सिअहेव कुलबहादुर डाँगीले गरेका थिए भने स्वागत रोल्पा अस्पतालका निमित्त प्रमुख प्रकाश बुढामगरले गरे ।

सम्बन्धित शिर्षक :