स्वास्थ्यस्वयम सेविकालाई मासिक पाँचसय यातायात खर्च

स्वास्थ्यसमाचार /महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे…

पाल्पाकी नर्स पौडेल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा

स्वास्थ्यसमाचार/  जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत नर्स कल्पना पौडेलमाथि अख्तियारले  विशेष अदालतमा मुद्धा दायर गरेको छ । परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ । भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र र्पुयाउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा…

युसिएमएसका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेजलाई घेराबन्दी

स्वास्थ्यसमाचार/ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा अध्ययनरत विद्यार्थीले एमबिबिएस, बिडिएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन्। शुल्कका विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागि नहुने बताएका छन्। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका सबै संकायको परीक्षा बहिष्कार गरेका हुन्। भैरहवास्थित युनिभर्सका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेज परीसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए।…

अब देखि एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

स्वास्थ्यसमाचार । ओखलढुङ्गाको एक गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यहाँको सुनकोशी गाउँपालिकाले यस्तो निर्णय लिएको हो । गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा एकल महिलाको उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने नीति ल्याएको हो । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याइएको बताए । उनले ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिला र जटिल प्रकृतिका रोग लागेकाहरुलाई पनि औषधि उपचार गर्ने नीति गाउँपालिकाले लिएको पनि बताए…

जनतालाई खोपको महत्व बुझाउन सकिएन : मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जनतालाई खोपको महत्वको विषयमा अझै धेरै कुरा बुझाउन बाकी रहेको बताएका छन् । उनले जनस्वाथ्य जस्तो गम्भिर र महत्वपूर्ण अवस्थाको विषयमा उचित समयमा उचित किसीमको सचेतना नहुँदा अझै पनि खोप लगायतका विभिन्न कार्यक्रमहरु प्रभावित हुने गरेको बताए । नेपाल सरकार, स्वाथ्य तथा जनसंख्या मन्त्रालय,स्वाथ्य सेवा विभाग, परिवार कल्याण्ड महाशाखले आयोजना गरेको पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कर्याक्रममा बोल्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रको अभियानमा सरकारले एक्लै सहभागी भएर सार्थकता पाउन नसक्ने बताएका हुन । मन्त्री बरालले स्वाथ्यको विषय…

प्रादेशिक अस्पताल बुटवलमा ३ बजेसम्म अनिवार्य डाक्टर अस्पतालमै हुनुपर्ने

स्वास्थ्यसमाचार/प्रादेशिक अस्पतालअस्पताल बुटबलमा कार्यरत डाक्टर बिहान १० बजे देखी ३ बजे सम्म अनिबार्य बस्नु पर्ने  छ । अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा आउने आधा घन्टा छलफल गर्ने र १० बजे देखी ३ बजे सम्म अनिबार्य रुपमा आफनो बिभागमा बस्नु पर्ने नियम बनाएको छ। अस्पतालमा कार्यरत डाक्टर ओपीडिमा बिरामी जाचेपछि रिपोट नआउदा सम्म वाहिर जाने गर्दछन ।अस्पतालका शाखा अधिकृत बिपीन क्षेत्रीका अनुसार साढे नौ बजेदेखी ३ बजे सम्म अस्पतालमा सबै डाक्टर बस्नु पर्ने र अनिर्बाय पोसाकमा हुनुपर्ने गरि अस्पतालले सबैलाई परिपत्र गरिसकेको बताए । अस्पतालका नयाँ मेडिकल सुपेरिटेन्डेन्ड डा…

Four-day nursing training on Critical Care started in Rupandehi

Healthcare/A four-day training on Critical Care has been started at Universal College of Medical Sciences Teaching Hospital, Ranigaon Bhairahawa, with the support of the Nepal Nursing Association, Rupandehi Branch and the assistance of Allies Ltd Institute of Advanced Nursing Hospital Singapore. The training, which will last four days, will include the participation of 500 nursing staff working in government and private hospitals in Rupandehi, Nawalparasi and Palpa, organizers said. The lecturers who teach at the College of Nursing will also participate in the training. A five-member specialist team led by Professor…

रुपन्देहीमा क्रिटिकल केयर सम्बन्धी चारदिने नर्सिङ तालिम सुरु

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजना तथा एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरको सहयोगमा क्रिटिकल केयर सम्वन्धी चार दिने तालिम युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल रानिगाँउ भैरहवामा सुरु भएको छ । चार दिन सम्म चल्ने यो तालिममा रुपन्देही, नवलपरासी र पाल्पामा रहेका सरकारी तथा निजि अस्पतालमा कार्यरत १ सय २० जना नर्सिङ स्टाफहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । नर्सिङ कलेजमा प्रध्यापन गराउने लेक्चरलहरुको समेत तालिममा सहभागिता जनाउने छन् । एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा…

समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौ डा खनाल

स्वास्थ्यसमाचार/ समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने वताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने वताए…

एचआईभी न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि :-नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकामा पनि ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले दिए । दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि भएको बताउँदै…