तिलोत्तमा वडा नं४को सहरी स्वास्थ्य केन्द्र भबन उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं ४मा निर्माण भएको सहरी स्वास्थ्य केन्द्र भवनको आज उदघाटन भएको छ । भबनको नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वासुदेब घिमिरेले नगरका सबै वडामा आधारभूत स्तरको सरकारी स्वास्थ्य संस्था पुगेको भएपनि स्वास्थ्य संस्थाका सुविधा सम्पन्न आफ्नै भवन बनाउने काम पनि तीव्र रुपमा भएको बताए ।

उनले भने तिलोत्तमा नगरका सबै वडामा सुबिधा सम्पन्न भबन र सर्वसुलभ सेवा दिने तरिकाले नगरपालिकाले काम गरेको मेयर घिमिरेले बताए । घिमिरेले भने तिलोत्तमा अत्याधुनिक सुविधासम्पन्न तिलोत्तमा सिटी ल्याव स्थापना गर्ने नगरपालिकाको योजना रहेको बताए ।

उदघाटनमा बोल्दै उपमेयर जागेश्वरी देवी चौधरीले चुनामा गरेका वाचा पुरागर्दे अघि बढेको बताईन ।तिलोत्तमा नगरपालिका वडा नं ४का वडा अध्यक्ष दिवाकर ढकाल आज उदघाटन भएको सहरी स्वास्थ्य केन्द्रमा आजबाटैं प्रयोगशालाको पनि सुभारम्भ भएको र सेवा पनि सुरु भएको बताए ।उनले प्रयोगशालाको सेवा प्रारम्भले आधारभूत स्तरको सरकारी स्वास्थ्य सेवाको लागि स्थानीय नागरिकलाई थप सहज वताए ।

तिलोत्तमा नगरपालिकामा वडा नं. २, ६, ८, १० का सरकारी स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा उपलब्ध रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :