नेपालमा हैजाविरुद्धको खोप आउँदै, प्रभावित ठाउँमा दिइने

काठमान्डौ/नेपालमा हैजाविरुद्धको खोप आउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ।

ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको डा. पौडेलले बताए।खोप प्राप्तिपछि विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरी हैजाको खोप सञ्चालन गरिनेछ।

गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘हैजाको खोप प्राप्तीको खबर सुखद हो। त्यसका साथै हामीले नियन्त्रणका अन्य काम पनि गर्दै आएका छौं,’ उनले भने।

अध्ययनअनुसार एकपटक खोप लगाए पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिन्छ। हैजाका मुख्य लक्षण ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा बान्ता हुनु हो।प्रायजसो यी लक्षण शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र देखा पर्छन्। हैजाले मानिसको मृत्यु हुनसक्ने भए पनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ।हेल्थपोष्टवाट ।

 

सम्बन्धित शिर्षक :